Logo

राजनीति

ओलीले थाले प्रचण्ड सहितका मुख्य पाँच नेता पक्राउ गर्ने तयारी, गौंडा गौंडामा गुप्तचरको लर्को



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको बिवाद बढ्दै जाँदा यो बिवादले पार्टी फूटमा पुर्‍याउँने मात्र नभई कार्यकारी अध्यक्ष पूष्पकमल दाहाल “प्रचण्ड” सहितका पाँच उच्च नेता नै पक्राउ पर्ने आशंका हुन थालेको छ । कार्यकारी अध्यक्ष प्रचण्डले गत शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्तावले झन् गर्माएको खुमलटार र बालुवाटार दुरी बढेसँगै प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पक्राउ पर्न सक्ने संकेत देखिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु बाक्लो मात्रामा आफू इतरका नेताहरुको निगरानीमा खटाएपछि अहिले नेकपा बृत्तमै खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओलीले जसरी पनि पेलेरै लैजाने उद्धेश्य अनुरुप हरेक गतिविधिमा निगरानी गर्न र त्यसको एकएक जानकारी बालुवाटारमा पेश गर्ने गरी आफू इतरका नेताहरुको पछाडी त्यस्ता कर्मचारी खटाउँन विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिएको कुरा बाहिरिएपछि यस्तो खैलाबैला मच्चिएको हो । 

गत शुक्रबार अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली विरुद्ध संगीन आरोप लगाउँदै १९ पेज लामो प्रस्ताव पेश गरेपछि ओली प्रचण्डसँग आक्रोशित छन् । तीब्र बिवाद भएपछि बुधबारलाई सचिवालय बैठक सारिएको थियो भने यो बीचमा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायत नेताहरुलाई बोलाएर आफूलाई सहयोग गर्न आग्रह गरेपनि सफल बन्न सकेनन् । 
ओलीले शुक्रबारै प्रमुख अधिकारीलाई ठाडो निर्देशन दिएपछि विभागका कर्मचारीहरु विभिन्न हाउभाउ र पहिरनमा पाँच प्रमुख नेताहरुका निवास वरपर गौडा गौडामा खटिएका छन् । सचिवालयको बैठक नजिकिदै गर्दा ती नेताहरुका निवासमा देशी तथा बिदेशी कस्ता मान्छेहरु भेट्न आउँछन् त्यस्ता व्यक्तिहरुको एक एक रिपोर्ट बालुवाटारमा दिनु पर्ने निर्देशन ओलीको रहेको भित्री श्रोतको दावी छ ।

श्रोतले जनाए अनुसार प्रधानमन्त्री ओलीले पार्टी फुटाउँनै पर्ने अवस्था आएपनि सरकार जोगाएर आफू इतरका मुख्य पाँच नेतालाई पक्राउ गर्नेसम्मको तयारी समेत थालेका छन् । पार्टी फुटी हालेमा पनि सरकार नढल्ने गरी कदम चाल्ने तयारी गरेको भनिएपनि त्यो के कदम हो भन्ने बारेमा खुलाईएको छैन । तर पार्टी र सरकारलाई नै अफ्ठेरो पर्ने भएमा प्रचण्ड सहितका पाँच उच्च नेता पक्राउ पर्नेसम्मको तयारी भने स्पष्ट हो श्रोतले भन्यो । 

विशेष गरी गुप्तचरको रुपमा काम गर्ने राष्ट्रिय अनुसन्धान विभाग ओली पछिल्लो पटक प्रधानमन्त्री हुनु भन्दा अगाडि गृह मन्त्रालय माताहतमा राखिएको थिए । ओली प्रधानमनत्री चुनिएपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय माताहतमा ल्याएका थिए । 

पार्टीको आन्तरिक बिवादले उग्ररुप लिन थालेपछि ओलीले विभागलाई आफ्नै पार्टीका नेताहरुको निगरानीमा प्रयोग गर्ने गरेका छन् । नेताहरुको निगरानी गर्न खटाईएको विभाग ओली नेतृत्वको प्रधानमन्त्री कार्यालय माताहत राखिएको भएता पनि पक्राउ गर्ने नेपाल प्रहरी भने पूर्व माओवादी नेता राम बहादुर थापा बादल नेतृत्वको गृह मन्त्रालय माताहत नै रहेको छ । 

 

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  ५ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।