images

फिक्कल गाउँपालिकामा उद्धव खड्का उद्यान निर्माण

फिक्कल गाउँपालिकामा उद्धव खड्का उद्यान निर्माण

  • 340
    SHARES

  • फिक्कल गाउँपालिकामा उद्धव खड्का उद्यान निर्माण

    फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो ।

    साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काका सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिईन् । उपचारका क्रममा कार्यकालमा नै उनको निधन भएको थियो । गाउँपालिकाको रु १९ लाख ५० हजार र सङ्घीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो ।

    images images

    उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा चौतारा छन् । गाउँपालिकामा आउने पर्यटकका लागि अवलोकनस्थल पनि निर्माण भएको छ । यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असल काममा लाग्न प्रेरणा मिल्ने उनले बताइन् ।

    विसं २०२८ वैशाख २८ गते जन्मिएका खड्काको २०५८ साल वैशाख ११ गते उपचारका क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो । तत्कालीन गाविस अध्यक्ष खड्कालाई विकासप्रेमी र दूरदर्शी नेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन् । विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो र बिजुली बत्ती ल्याउने गरेको सङ्कल्प आज पूरा भएको स्थानीयवासीको भनाइ छ । 

    images
    images
    images
    images
    images
    images
    बुधवार, मंसिर ३ २०७७१२:२४:३१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै