images

कास्कीमा निर्वाचन क्षेत्र कार्यक्रमका योजना छनोट: पर्यटन र कृषि प्रथामिकता

कास्कीमा निर्वाचन क्षेत्र कार्यक्रमका योजना छनोट: पर्यटन र कृषि प्रथामिकता

  • 262
    SHARES

  • कास्कीमा निर्वाचन क्षेत्र कार्यक्रमका योजना छनोट: पर्यटन र कृषि प्रथामिकता

    कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो ।

    कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी रु दुई करोडको बजेटका लागि योजना छनोट गरिएको प्रदेशसभा सदस्य बरालले बताएका छन् । योजना छनोटका क्रममा पोखरा महानगरपालिका– १, २, ३, १८, १९ र २५ वडाका साथै माछापुच्छ्रे गाउँपालिकाका १ देखि ९ वटै वडामा आवश्यकताका आधारमा सर्वसम्मत रुपमा योजना छनोट गरिएको उनले बताए । योजना छनोटका क्रममा कृषि र पर्यटनका क्षेत्रमा २५ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको छ । चालु आवदेखि लागू समानुपातिक प्रदेशसभा सदस्यका हकमा पनि ३० प्रतिशत बजेट विनियोजन गर्ने विषयमा सांसद पुष्पा केसीसँगको सहकार्यमा योजना छनोट गरिएको बरालले जानकारी दिए ।

    images images

    छनोट योजनाको निर्माणलाई अघि बढाउन उपभोक्ता समिति गठन गर्र्नुपर्नेमा उनले जोड दिए । पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले आउँदो पुसभित्र सबै योजना कार्यालयसँग आवश्यक प्रक्रिया मिलाएर सम्झौता गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    बिहिवार, मंसिर ४ २०७७०३:१९:३१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै