कतारमा अलपत्र १४२ जना नेपाली स्वदेश फर्किए

कतारमा अलपत्र १४२ जना नेपाली स्वदेश फर्किए

  • 265
    SHARES

  • कतारमा अलपत्र १४२ जना नेपाली स्वदेश फर्किए

    कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अलपत्र १४२ जना नेपाली आज स्वदेश फर्किएका छन् । नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा ३६ औं उडानमार्फत उनीहरु विहीबार नेपाल फर्किएका हुन् ।

    दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १२ महिलासहित १४२ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

    images

    दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड (१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचीव भट्टराईले बताए ।

    स्वदेश फर्कन लागेका नेपालीहरुको यात्राको समन्वय, सहजिकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। दूतावासका अनुसार हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ ।

    बिहिवार, भाद्र २५ २०७७०९:३३:०६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै