images

कुवेतमा अलपत्र २७ नेपालीको उद्धार

कुवेतमा अलपत्र २७ नेपालीको उद्धार

  • 523
    SHARES

  • कुवेतमा अलपत्र २७ नेपालीको उद्धार

    कोभिड–१९ का कारण विगत ८ महिनादेखि कुवेतस्थित अल राकिब बिल्डिङ जनरल कन्ट्र्याक्टिङ कम्पनीमा अलपत्र परेका २७ नेपालीहरुको उद्धार गरिएको छ ।

    कुवेतस्थित नेपाली दूतावासले टिकटको व्यवस्था  र स्वदेश फिर्तिको कानूनी पहलकदमी गरेर उनीहरुको उद्धार गरिएको गैर आवासीय नेपाली संघ आइसीसी कुवेतका सदस्य अमित चाम्लिङ राईले जानकारी दिए ।

    images images

    दूतावास र सरोकारवालाहरुसँगको निरन्तर फलोअप र ४ महिनापछिको अथक प्रयासपछि उनीहरु फ्लाई दुबईको उडानमार्फत स्वदेश फर्किएको राईले बताए ।

    कोरोनाको कारण देखाउदै कम्पनीले पारिश्रमिक नदिएपछि पीडित बनेका उनीहरुले कुवेतस्थित लेबरकोर्टमा उजुरी गरेका थिए ।

    सोही उजुरी अनुसार कोर्टले कम्पनीका मालिक, नेपाली दूतावासका प्रतिनिधि र पीडित श्रमिकहरुलाई बोलाएर छलफल गरेका थियो ।

    काठमाडौँस्थित एस आरके म्यानपावरबाट बाट जनही १ लाख ५० हजार बढी रकम तिरेर आफूहरु कुबेत पुगेको उनीहरुले बताएका छन् ।

    कामबिहीन बनेर अलपत्र परेको उनीहरुलाई एनआरएनए कुवेत र विभिन्न संघ सस्थाले खाद्यान्न लगायतको राहत सामग्री उपलब्ध गराउँदै आएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, मंसिर ५ २०७७०८:२६:०९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै