Logo

समाचार

आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा भेला



‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) मा संलग्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् ।

एससीओका विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन् । यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुबीच आपसी र द्विपक्षीय भेटवार्ता पनि हुने भएको छ ।

हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन् । भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन् । यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन् ।

भारत र चीनका बीचमा पछिल्लो समयमा सीमा विवाद चर्किदै गइरहेका बेला विदेश मन्त्रीहरूका बीचमा हुन लागेको यस भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  ९ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।