Nov 25 2020 | २०७७, मंसिर १० गते

images

सुदूपश्चिमेली पत्रकार बम सम्मानित

सुदूपश्चिमेली पत्रकार बम सम्मानित

  • 1.0K
    SHARES

  • सुदूपश्चिमेली पत्रकार बम सम्मानित

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउँदै दैनिक क्रियाकलापलाई सहज बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । 

    सतुंगल डोजोले तीनथानामा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुनुपर्ने बताउनु भएको हो । 

    images images

    मन्त्री भट्टले कोरोनाको जोखिमलाई ध्यानमा राखी विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुनुपर्ने बताउनु भएको हो  । 

    कुनै पनि मुलुकको विकासका निम्ति त्यहाँका नागरिक स्वस्थ हुनुपर्ने बताउँदै भट्टले मानिसलाई स्वस्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको समेत दाबी गर्नुभयो । 

    खेलकुदका क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भएपनि आगामी दिनमा यसलाई परिष्कृत गर्दै लैजानुपर्ने मन्त्री भट्टको भनाइ छ । मुलुक संघीयतामा गइसकेपछि विभिन्न विकासका योजनाहरु अगाडि बढेको मन्त्री भट्टको दाबी छ । 

    सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हीतका निम्ति राज्य अभिभावक बन्नसक्नुपर्ने बताउनुभयो ।  आफूले नेपालमा कराँतेको विकासका निम्ति धेरै कार्यक्रम गरिरहेको बताउँदै शाहीले त्यसमा राज्यको उपस्थिति कम रहेको गुनासो गर्नुभयो । डोजोले आयोजना गरेको ‘विशिष्ठ व्यक्ति सम्मान’ कार्यक्रममा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

    खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट, आयुशा शाक्य सम्मानित भएका छन् । शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारिताका क्षेत्रबाट पनि सम्मानित भएका छन्, भने जनता टेलिभिजनका जिल्ला संयोजक एवम् प्रस्तोता खेमबहादुर बमपनि सम्मानित हुनुभएको छ ।

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, मंसिर ५ २०७७०१:३०:४४

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै