क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडसले जित्यो

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडसले जित्यो

  • 214
    SHARES

  • क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि  ट्रिनबागो नाइट राइडसले जित्यो

    ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले अपराजित रहदैँ च्याम्पियन बनेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

    ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रन बनाए । त्यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय पारी खेले । टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।

    images

    जसका लागि सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे । त्यस्तै नाजिबउल्लाह जाड्रनले २४ र रोस्टन चेसले २२ रन बनाएका थिए । यस अघि ट्रिनबागोले सेमिफाइनलमा जमैका तलाबाजलाई हराएको थियो । योसँगै ट्रिनबागा तेस्रो पटक सीपीएलको उपाधि जितेको हो ।

    शुक्रवार, भाद्र २६ २०७७०८:३८:५२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै