Nov 25 2020 | २०७७, मंसिर १० गते

images

‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक

‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक

  • 226
    SHARES

  • ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक

    भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत कार्यालयले आफ्नो १२ औं वार्षिकोत्सव र छठ पर्वको अवसरमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ ।

    साहित्यकार निरु त्रिपाठीको शब्द, बरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा गायिका अस्मिता अधिकारीको आवाजमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    images images

    song-2.jpg

    सार्वजनिक गीतको भिडियोलाई मेलवर्नमै छायाङ्कन गरिएको हो । जीवन रसाइलीको निर्देशनमा बनेको गीतको भिडियोमा मेलवर्नमै रहँदै आएका समृद्धि (शाम) डाहा, राहुल गजमेरलगायतको अभिनय रहेको छ ।

    महावाणिज्यदूत चन्द्र योन्जनले कार्यालयले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धन गरिरहँदा नेपाली गीत संगीतको पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले उक्त देशभक्ती गीतको भिडियो सार्वजनिक गरिएको बताए ।

    महावाणिज्यदूत कार्यालयको जनसम्पर्क अधिकृत तथा सचिवसमेत रहेकी गीतकार त्रिपाठीको यो दोस्रो गीत हो । विदेशमा बसिरहँदा पनि स्वादेशलाई महसुस गरेर राष्ट्रिय गीत लेख्दा मनमा आनन्द लाग्ने उनले बताइन् ।

    song-2.jpg

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, मंसिर ५ २०७७०३:४८:२०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै