ओली-प्रचण्डले नेता कार्यकर्तामाथि लगाए यस्तो प्रतिबन्ध, नेकपाभित्र मच्चियो खैलाबैला

ओली-प्रचण्डले नेता कार्यकर्तामाथि लगाए यस्तो प्रतिबन्ध, नेकपाभित्र मच्चियो खैलाबैला

  • 1.9K
    SHARES

  • ओली-प्रचण्डले नेता कार्यकर्तामाथि लगाए यस्तो प्रतिबन्ध, नेकपाभित्र  मच्चियो  खैलाबैला

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ । आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न नेता-कार्यकर्ताहरुमाथि प्रतिबन्ध लागेको हो । बिहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ । 

    स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

    images

    अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’

    ओली(प्रचण्डको यो निर्णयले पार्टीभित्र खैलाबैला मच्चाएको छ । सामाजिक सञ्जालमा आलोचना गर्न प्रतिबन्ध लगाउने तयारी भए पनि नेता कार्यकर्ताहरुले भने लागु गर्ने छाँटकाँट देखिदैन । नेकपा कम्ति पारदर्शी छ त ?’ यसैवीच नेकपा स्थायी कमिटीको बैठक नबस्दै अध्यक्ष केपी ओली र प्रचण्डको प्रस्ताव मिडियामार्फत बाहिरिएकोमा केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि प्रकट गर्दै फेसबुकमार्फत व्यंग्य गरेका छन् - नेकपा कम्ति पारदर्शी छ त !

    रिजाल फेसबुकमा लेख्छन्, ‘नेकपा कम्ति पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो’ रिजालले फेसबुकमा लेखेका छन् ‘अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दा नपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो ? बैठकमा सम्म त पेस हुन दिए हुने नि !’

    शुक्रवार, भाद्र २६ २०७७०८:५१:२१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै