images

श्रीमान् झर्को मान्दै भन्छन् आखिर तिमी दिनभर गर्छौ के ?

श्रीमान् झर्को मान्दै भन्छन् आखिर तिमी दिनभर गर्छौ के ?

  • 514
    SHARES

  • श्रीमान् झर्को मान्दै भन्छन् आखिर तिमी दिनभर गर्छौ के ?

    कार्यथलोबाट फर्किएपछि श्रीमान् कराउँछन्, ‘खै, एक कप चिया बनाऊ त ।’ श्रीमतीले हतार/हतार चिया बनाएर ल्याइदिन्छे । सोफामा ढल्किएर तात्तातो चियाको चुस्की लिदै गर्दा श्रीमान् सोध्छन्, ‘मेरो मोबाइलको चार्जर खोजेर चार्जमा राखिदेऊ ।’ कुनै आज्ञाकारी बालक झैं‌ श्रीमतीले त्यसै गर्छिन् । त्यसपछि उनी बालबच्चाका लागि नास्ता बनाउन थाल्छिन् ।

    श्रीमान् भन्छन्, ‘ए, टिभीको रिमोट कहाँ राख्यौं, एकछिन समाचार हेर्नुपर्‍यो ।’श्रीमती जुठो भाँडार्वतन उठाइरहेकी छिन् । उनले श्रीमान‍्को कुरा सुनेर पनि नसुने झैं गर्छिन् । श्रीमान् कराउँछ, ‘टिभीको रिमोर्ट कहाँ छ भनेको ?’

    images images
    श्रीमती झर्को मान्दै भन्छे, ‘आफैँ खोज्नुहोस्, म भ्याउँदिन ।’

    श्रीमान् अरू चर्को स्वरमा कराउँछ, ‘तिमीले काम चाहि के गर्‍यौ ?’ श्रीमान‍्लाई लाग्छ घरव्यवहारको सम्पूर्ण भार आफूले बोकेको छ । घर भाडा, खानेकुरा, बालबालिकाको विद्यालय शुल्क, लुगाफाटो, बिजुली–पानीको शुल्क, चाडपर्व–मनोरञ्जन खर्च सबै आफैँले बन्दोबस्ती गर्नुपरेको छ । उनलाई झोक चल्छ, ‘घरमा बस्ने श्रीमतीसँग मेरो लागि त्यति सानो काम गर्ने फुर्सद् पनि हुँदैन ?’

    हाम्रो पारिवारिक संरचनामा धेरैजसो श्रीमती, आमा वा दिदीबहिनीले घरधन्दाको काम सम्हाल्छन् । खासगरी भात–भान्साको सम्पूर्ण जिम्मेवारी श्रीमतीको भागमा छाडिन्छ । अर्थात् उनीहरू ‘गृहणी’ हुन्छन् । हुन त श्रीमतीलाई अवहेलना गरेर यस्तो जिम्मेवारी सुम्पिएको हुँदैन ।

    खासमा महिलाहरू नै खानपानको काममा, घर सजावटको काममा, बालबच्चा हुर्काउने काममा पोख्त र सिपालु हुन्छन् । त्यसैले घर-धन्दाको काम उनीहरूलाई सुम्पिएर घर-व्यवहारको काम पुरुषहरूले सम्हाल्ने गर्छन् । वास्तवमा यो पारिवारिक तालमेल मिलाउनकै लागि गरिएको कामको बाँडफाँट हो त्यसो त कतिपय दम्पती दुवै पेसाव्यवसायमा आबद्ध छन् र उनीहरू घरभित्रको काम पनि मिलिजुली गर्छन् ।

    आखिर जे भए पनि पारिवारिक तालमेल मिलाउनका लागि श्रीमान् र श्रीमतीले आ-आफ्नो जिम्मेवारी, कर्तव्य पूरा गर्नैपर्‍यो ।धेरैजसो अवस्थामा के देखिन्छ भने श्रीमान‍्हरू घर बाहिरको काम गर्छन् । पेसा–व्यवसायबाट राम्रै आयआर्जन गर्छन् । परिवारकै सुख र सम्पन्नताका लागि उनीहरू दिनरात खटिन्छन् ।

    यद्यपि उनीहरू के सोच्छन् भने, परिवारको सम्पूर्ण भार आफूले मात्र थामिएको छ। अर्थात‍् घरखर्च जुटाउने, घर व्यवहार धान्ने र आयआर्जनको काममा लाग्नु मात्र काम हो ।जबकि घरभित्रका ती तमाम काम गर्नु आफैँमा सहज हुँदैन । परिवारको स्वादअनुसार सागसब्जी तयार गर्नु, खाना पकाउनु, बालबच्चालाई र परिवारलाई ख्वाउनु, जुठोभाँडा सफा गर्नु, कुचो लगाउनु, लुगाफाटो मिलाउनु, बालबच्चालाई विद्यालयका लागि तयार गर्नु, श्रीमान‍्को सरसामान तयार गरिदिनु ।

    खासमा गृहिणीले यन्त्र झैं यी सबै काम चुपचाप गरिरहेका हुन्छन् । तर श्रीमान् भन्छन्, ‘आखिर तिमी दिनभर के गर्छौ ?’जसै लकडाउन भयो, श्रीमान‍्हरूको कामधन्दा ठप्प भयो । उनीहरू घरभित्रै बसे । बालबच्चा, श्रीमान्-श्रीमती सबै एकसाथ बसे ।

    यस अवधिमा कतिपय श्रीमान‍्ले त्यही काम गरे, जो अरूबेला श्रीमतीले गर्थिन् । सम्भवत: उनीहरूले बुझे होलान्, घरधन्दाको काम सम्हाल्नु पनि सानो काम होइन ।एउटी गृहिणीले घरधन्दाको काम कति कुशलतापूर्वक सम्हाल्छिन् ? परिवारको स्वास्थ्य र सुखका खातिर कसरी आफूलाई भुल्छिन् ? भात पकाउनु, भाँडावर्तन माझ्नु, कुचो लगाउनु, लुगा धुनु यी सबै अनुत्पादक झैं लाग्ने कामहरू हुन् ।

    एउटी गृहणीको दैनिकी कस्तो हुन्छ ?

    बिहान

    आफू फ्रेस हुन नपाउँदै हतार–हतार चिया पकाउने । छोराछोरीका लागि नास्ता बनाइदिने । विद्यालयको लुगाफाटो तयार गरिदिनुपर्‍यो ।चिया पिउँदै सब्जी केलाउने, काट्ने । खाना पकाउनुपर्‍यो । सबैलाई खाना पस्कने, ख्वाउने। छोराछोरीलाई स्कुलसम्म पुर्‍याउने।

    दिउँसो

    घरमा जुठोभाँडा माझ्न बाँकी नै छ । घरभरि फोहोर छ । ओछ्यान मिलाएकै छैन । सबै सफासुग्घर गर्दागर्दै समय बितेको पत्तो हुन्न । मैला लुगा धुनुपर्नेछ । साँझको लागि सागसब्जी जोहो गर्नुपर्नेछ । कामबाट फुर्सद मिलेमा फूल रोप्ने, स्याहार्ने वा घर सजाउन मन लाग्छ ।

    साँझ

    बालबच्चा विद्यालयबाट आइपुग्छन् । लुगाफाटो फेरिदिनुपर्छ । नास्ता बनाइदिनुपर्‍यो । होमवर्क गराउनुपर्‍यो । त्यसपछि बेलुकीको लागि खाना तयार गर्ने हतारो ।

    राति

    सबैलाई खाना दिएर जुठो भाँडावर्तन सफा गर्‍यो । कुचो लगायो । ओछ्यान मिलाइदियो । बालबच्चालाई सुतायो । त्यसपछि पनि कहाँ ढुक्कले बस्न पाउँछन् र ?झ्याल-ढोका राम्ररी लगाएको छ-छैन ? खानेकुराहरू छोपछाप गरिएको छ-छैन ? धोएर सुकाएको लुगाफोटो बाहिर नै पो छ कि ?

    सुत्ने समय भइसक्दा पनि कुनै काम पो बाँकी छ कि भनेर मन शान्त हुँदैन । घरभित्रका स-साना काम देखिँदैन । तर त्यही काम कुशलतापूर्वक सम्पन्न गर्न त्यति सहज छैन । बिहान उठेदेखि राति सुत्ने बेलासम्म पनि घरधन्दाको काम सकिएकै हुँदैन ।

    तैपनि  श्रीमान् भन्छन्, ‘तिमी काम चाहिँ के गर्छौ ?’साथीसँगी भन्छन्, ‘घरमै बस्ने मात्र हो, अरू काम गर्दैनौ ?’आफन्त-इष्टमित्र भन्छन्, ‘घरमा बसिरहँदा दिक्क लाग्दैन, केही काम गर्नु नि ।’

    images
    images
    images
    images
    images
    images
    शनिवार, मंसिर ६ २०७७१२:०९:५३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै