images

केकी अधिकारी अभिनित 'यो माया के हो' सार्वजनिक ( भिडियो )

केकी अधिकारी अभिनित 'यो माया के हो' सार्वजनिक ( भिडियो )

  • 376
    SHARES

  • केकी अधिकारी अभिनित  'यो माया के हो' सार्वजनिक ( भिडियो )
     लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ' यो माया के हो' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।   मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा  नारायण दंगालको संगीत संयोजन रहेको छ।  

    वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्।  दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।  गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।  ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।  

    रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्।  यसअघि गीतकार महराले 'मैले भन्दा' , 'साइनो' , 'उठ युवा हो' लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।  यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।  
     

    images
    images
    images
    images
    images
    images
    शनिवार, मंसिर ६ २०७७११:३४:३७

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै