Nov 25 2020 | २०७७, मंसिर १० गते

images

राष्ट्रसंघका महासचिवद्वारा जि-२० का नेताहरूलाई एकताबद्ध हुन आग्रह

राष्ट्रसंघका महासचिवद्वारा जि-२० का नेताहरूलाई एकताबद्ध हुन आग्रह

  • 193
    SHARES

  • राष्ट्रसंघका महासचिवद्वारा जि-२० का नेताहरूलाई एकताबद्ध हुन आग्रह

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले द्वारा जी-२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गर्नुभएको हो ।

    जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उहाँले विश्वका नेताहरुलाई यो आग्रह गर्नुभएको बताइएको छ । विश्वमा अहिले विशेष गरेर कोभिड-१९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उहाँले यस्ता र अरु पनि समस्याहरु रहेको बताउनुभयो ।

    images images

    त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने र भन्दै उहाँले शुक्रबार सो कुरामा जोड दिनुभएको थियो । शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

    उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– विश्वका जी २० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।

    उहाँले कोभिड-१९ को समस्याले निरन्तर रुपमा सपशपवका कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरु पनि लाग्नुपर्ने बताउनुभउयो ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, मंसिर ६ २०७७११:५९:१३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै