images

ट्रम्पका जेठा छोरा जुनियर पनि संक्रमित , अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

ट्रम्पका जेठा छोरा जुनियर पनि संक्रमित , अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

  • 217
    SHARES

  • ट्रम्पका जेठा छोरा जुनियर पनि संक्रमित , अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

    अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । पछिल्ला २४ घण्टामा यहाँ २ हजार १५ जनाको कोरोनाका कारण मृत्युु भयो । यो गत मेईयताकै उच्च मृतक संख्या हो । 

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७ हजारमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट २ लाख ६० हजारले ज्यान गुमाइसकेका छन् ।  

    images images

    राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर पनि संक्रमित भएका छन् । यसअघि ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पमा पनि कोरोना देखिएको थियो, यद्यपी उनीहरु संक्रमणमुक्त भइसकेका छन् । ‘राष्ट्रपतिका छोराको यस हप्ताको सुरुवातमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यद्यपी, उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन,’ ह्वाइटहाउस स्रोतले भनेको छ । 

    कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ५ करोड ७८ लाखभन्दा धेरै पुगिसकेको छ । यसमध्ये ४ करोड ३ लाख मानिस निको भइसकेका छन् । 

    images
    images
    images
    images
    images
    images
    शनिवार, मंसिर ६ २०७७०२:५५:००

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै