images

२४ घण्टामा १६७४ जनामा सङ्क्रमण पुष्टि , ७ जनाको मृत्यु

२४ घण्टामा १६७४ जनामा सङ्क्रमण पुष्टि , ७ जनाको मृत्यु

  • 196
    SHARES

  • २४ घण्टामा  १६७४ जनामा  सङ्क्रमण पुष्टि , ७ जनाको मृत्यु

    नेपालमा विगत २४ घण्टामा १ हजार ६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    केही महिनादेखि पर्याप्त परीक्षण नभए पनि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिएको छ। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ।

    images images

    अहिले देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ। तथ्याङ्कअनुसार १ लाख ९३ हजार ३२५ जना निको भइसकेका भने १ हजार ३०५ को संक्रमणका कारण मृत्यु भएको छ।

    मन्त्रालयले शनिवार प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २ हजार ३२३ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।यसअघि शुक्रवार १ हजार ९४५ जनामा सङ्क्रमण पत्ता लागेको थियो भने २२ जनाको मृत्यु भएको थियो।

    images
    images
    images
    images
    images
    images
    शनिवार, मंसिर ६ २०७७०४:४३:२३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै