images

अध्यक्ष पुष्पकमल दाहालले भने : पार्टी दुई कुराका आधारमा चल्छ

अध्यक्ष पुष्पकमल दाहालले भने : पार्टी दुई कुराका आधारमा चल्छ

  • 223
    SHARES

  • अध्यक्ष पुष्पकमल दाहालले भने : पार्टी दुई  कुराका आधारमा चल्छ

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले पार्टी चल्ने दुई आधार भएको बताएका छन्। सामाजिक सञ्जालमा उनले दिएका दुई आधार हुन्- विचार-राजनीति र विधि-पद्धति।

    पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ। एउटा विचार-राजनीति। र दोस्रो विधि-पद्धति’, प्रचण्डले लेखेका छन्।प्रचण्डले सन्दर्भ नखुलाए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने आकलन गर्न सकिन्छ। पछिल्ला केही हप्ता नेकपाभित्र दुई पक्षबीच विवाद रहँदै आएको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ। 

    images images

    त्यस्तै, पार्टीभित्र पत्र-युद्धको स्थिति आएको र प्रचण्डले एकल प्रस्ताव सचिवालयमा पेश गरेपछि नेकपा फुटको निकट पुगेको विश्लेषण पनि भइरहेको छ।

    नेकपालाई फुट्न नदिने प्रयत्न कतिपय नेताहरुले गरिरहेका छन्। तर, त्यसको ठोस आधार तयार गर्न सकेका छैनन्। यस्तै सन्दर्भमा सार्वजनिक भएको प्रचण्डको धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, मंसिर ६ २०७७०४:४९:०६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै