images

चितवन घटनाले नेकपामा नयाँ विवाद

चितवन घटनाले नेकपामा नयाँ विवाद

  • 424
    SHARES

  • चितवन घटनाले नेकपामा नयाँ विवाद

    स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

    पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला शनिबार चितवनमा भएको घटनाले नेकपाभित्र थप चर्को ध्रुविकरणको खतरा बढाएको छ । मंसिर १३ मा सचिवालय बैठक बस्ने र त्यहाँ दुवै अध्यक्षका एक अर्कामाथि आरोपपूर्ण प्रस्तावमाथि छलफल हुने तयारी भइरहेका बेला चितवनमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका कार्यकर्ताले दुर्व्यवहार गरेपछि विवाद र ध्रुविकरणको खतरा बढाएको हो । नेकपाको पछिल्लो विवादमा ओली र दाहाल-नेपाल समूह विभाजित छ ।

    images images

    ओलीपक्षका कार्यकर्ताले पाण्डे सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गरेपछि शनिबार साँझ भिन्दाभिन्दै विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाको निन्दा गरेका छन् ।

    वरिष्ठ नेता खनालले चितवनमा नेता पाण्डेमाथि सुनियोजित रुपमा दुर्व्यवहार गरिएको भन्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपाय खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहन नेता-कार्यकर्तालाई आग्रह पनि गरेका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।

    images
    images
    images
    images
    images
    images
    आइतवार, मंसिर ७ २०७७०७:४९:१३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै