images

डर्टमण्डले हेर्थलाई ५-२ गोल अन्तरले पराजित

डर्टमण्डले हेर्थलाई ५-२ गोल अन्तरले पराजित

  • 196
    SHARES

  • डर्टमण्डले हेर्थलाई ५-२ गोल अन्तरले पराजित

    इर्लिङ हालान्डको चार गोलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा शानदार जित निकालेकाे छ । शनिबार राति भएको खेलमा डर्टमण्डले हेर्थलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

    हेर्थको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन हालान्डले चार गोल गरे । त्यस्तै राफेल गुरेइरोले एक गोल गरे । उता हेर्थका लागि माथिउस चुन्हाले दुई गोल गरे ।

    images images

    खेलको ३३ औं मिनेटमा चुन्हाको गोलबाट घरेलु टोली हेर्थले अग्रता बनाएको थियो । पहिलो हाफमा १-० गोलले पछि परेको डर्टमण्डले दोस्रो हाफमा पाँच गोल गर्न सफल भएको थियो ।

    ४७ औं मिनेटमा हालान्डले डर्टमण्डका लागि बराबरी गोल फर्काए । ४९ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे ।

    ६२ औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दै डर्टमण्डको अग्रता ४-१ गोलमा पुगाए । ७० औं मिनेटमा डर्टमण्डका लागि चौथो गोल गरे । ७९ औं मिनेटमा हेर्थका लागि चुन्हाले गोल गर्दै टिमलाई ४-२ गोलको अवस्थामा पुर्याए ।

    ७९ औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै डर्टमण्डले लिगमा आठ खेलबाट १८ अंक जोडेको छ । डर्टमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित हेर्थ ७ अंकसहित तालिकाको १३ औं स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    आइतवार, मंसिर ७ २०७७०७:५७:०६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै