Logo

राजनीति

मन्त्री भट्राईले आफ्नो बिमा बापतको रकमले ३ सय सर्वसाधरणको बीमा गरिदिए



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबापत प्राप्त गरेको एक लाख रुपैयाँ ताप्लेजुङका गरिब, विपन्न, असहाय, मजदुर तथा विद्यार्थीको कोरोना बीमा गर्न खर्च गरेका छन् ।

मन्त्री भट्टराईको सचिवालयले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण हुँदा कोरोना बीमा बापत प्राप्त गरेको एक लाख रुपैयाँ जिल्लाका ३०० जना न्यून आय भएका मानिसहरुको पुनः कोरोना बीमाको लागि खर्च गरेको जनाएको छ ।

मन्त्री भट्टराईको सचिवालयका अनुसार जिल्लाका एक हजार २७६ जनाको कोरोना बीमा खर्च मन्त्री हुँदा भत्ता र तलब बापत प्राप्त आम्दानीबाट गरिदिएका छन् । कोरोना बीमा बापत प्राप्त रकमबाट थप ३०० जनाको कोरोना बीमा गरेको समेत कूल एक हजार ५७६ जनाको कोरोना बीमा मन्त्री भट्टराई एक्लैले गरेका छन् ।

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  २ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।