Logo

सेयर बजार ६४ अंकले बढ्दा होटल समूह भने ओरालो, कारोबार ५ अर्ब नजिक



बुधबार सेयर बजारमा ३ दशमलव ५७ प्रतिशतको उछाल आएको छ । आज नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १८७४ दशमलव ८१ बिन्दूमा पुगेको छ । आज जम्मा १९६ कम्पनी काराबारमा आएका थिए । सोही कम्पनीको १ करोड ४३ लाख ४२ हजार ७सय ८८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ८२ लाख २४ हजार २२४ रपैयाँ बराबरको कारोबार भएको छ । 
त्यस्तै आज १२ वटा उपसमूहहरुमा होटल बाहेक सबैको सेयर उकालो लागेको छ भने होटल समूह रातो देखिएको छ । होटल समूह १ दशमलव ०२ अंकले घटेको हो । 
यो दिन एनएमबी माईक्रोफाइनान्स वित्तीय संस्था र विशाल बजार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

 

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ३ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।