Logo

कर्पोरेट फोकस

बारा उद्योग वाणिज्य सङ्घमा साह



बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमतले चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जानकारी दिएका हुन् ।

बीसौँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशन आगामी मङ्सिर २७ गते अरु पदको लागि निर्वाचन हुने भए पनि सहमतिको पहल भने जारी रहेको अधिकृत मिश्रले जानकारी दिनुभयो । निर्वाचनका लागि सङ्घले तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा  अधिवक्ता परमहंस केसरी सदस्यमा अधिक्ता नागेन्द्र यादव र प्रभात दाहाल रहेका छन्। 

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ३ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।