एन आई सी बैंकले ‘फोटो पात्रो २०७८’ प्रतियोगितामा सार्वजनीक गर्यो, फोटो पठाई नगद पुरस्कार जित्नुहोस् 

एन आई सी बैंकले ‘फोटो पात्रो २०७८’ प्रतियोगितामा सार्वजनीक गर्यो, फोटो पठाई नगद पुरस्कार जित्नुहोस् 

  • 559
    SHARES

  • एन आई सी बैंकले ‘फोटो पात्रो २०७८’ प्रतियोगितामा सार्वजनीक गर्यो, फोटो पठाई नगद पुरस्कार जित्नुहोस् 

    एन आई सी एशिया बैंकले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा ग्राहकको कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको जनाएको छ । यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ । 

    यस प्रतियोगितामा सहभागी हुन इच्छुक ग्राहकहरूले Season, Hope & Positivity, Lifestyle and Friendship विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सकिनेछ ।  भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी Season, Hope & Positivity, Lifestyle / Friendship लिंकमा अपलोड गर्नुपर्नेछ । प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,००० नगद रकम पुरस्कार प्रदान गर्नेछ । यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००*३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० DPI  र ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

    images

    बैंकले हाल मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    बुधवार, मंसिर १० २०७७०४:१९:३७

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै