Logo

समाचार

भारतीय नौसेनाको विमान दुर्घटना



एजेन्सी – भारतीय नौसेनाको मिग –२९ के प्रशिक्षक विमान हिजो बिहीबार समुद्रमा दुर्घटनाग्रस्त भएको बताईएको छ । दुर्घटनामा एक जना पाइलट बेपत्ता भएका छन् भने अर्का पाइलटको सकुशल उद्धार गरिएको छ ।

बेपत्ता पाइलटको खोजी कार्य जारी राखिएको एक अधिकारीले जानकारी दिएका छन् । घटनाको छानबिन गर्न आदेश दिइएको र नौसेनाका अधिकारीहरूले दुर्घटनाको बारेमा थप विवरणहरू खोजीरहेका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  १२ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।