शनिवार, मंसिर १३ २०७७
काठमाडौँ
राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनै जना खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलबार १६ जना खेलाडीको पीसीआर परीक्षण गर्दा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो ।
तर, खेलाडीहरुमा कुनै पनि कोरोनाका लक्षण नदेखिएकाले डाक्टरको सल्लाह अनुसार पुनः पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा आज शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको हो ।
शनिबार भोलिदेखि उक्त तीनै जना खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने बताइएको छ । नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ ।