रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिने तयारी

रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिने तयारी

  • 547
    SHARES

  • रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिने तयारी

    रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ । रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिएका हुन् ।

    राष्ट्रपति कार्यालयको निर्देशन बमोजिम सरकारले सैन्य कर्मचारीहरुलाई खोप दिने तयारी गरिरहेको रक्षा मन्त्रालयको बोर्ड बैठकमा उनले बताए । उनले भने, “आजको मितिसम्म दुई हजार ५०० जनालाई खोप दिइसकिएको छ, यो बर्षको अन्त्यसम्ममा खोप पाउनेको सङ्ख्या असी हजार पुग्नेछ ।”

    images

    रुसले कोरोनाभाइरसविरुद्ध दुई खोप बनाएको छ । एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याककोरोना हो । तेस्रो खोप पनि अहिले बन्ने क्रममा नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यो खोपको चिकित्सकीय परीक्षण पनि यही बर्ष सन् २०२० सम्ममा सम्पन्न भइसक्ने बताएका छन् ।

    सरकारले नयाँ बर्ष अगाडि नै आम रुपमा निःशुल्क खोप वितरण शुरु गर्ने लक्ष्य राखेको अधिकारीहरुले जनाएका छन । यो कार्य विभिन्न चरणमा हुने पनि रुसको प्रशासनिक केन्द्रका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिए ।

    शनिवार, मंसिर १३ २०७७०१:००:०९

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै