Logo

आइतबार चिनियाँ रक्षामन्त्री फेङही नेपाल आउने



 पछिल्लाे समय दक्षिणी एवं उत्तरी छिमेकीबाट कूटनीतिक उच्च तहबाट नेपाल भ्रमणकाे लहर नै चलेकाे छ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले नेपालकाे दुईदिने भ्रमण सकेर स्वदेश फर्केलगत्तै चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण तय भएकाे छ ।

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार नेपाल भ्रमणमा आउने तय भएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।तर फेङहीकाे भ्रमण चाहिँ एक दिनका लागि मात्र तय भएकाे जनाइएकाे छ । उनी आइतबार नै फर्कनेछन् ।

एकदिने भ्रमणमा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखसँग भेट्ने कार्यक्रम छ । सुरक्षा निकायमा भने विशेषगरी फेङ्हीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेट्नेछन् । नेपालमा पछिल्लाे समय दुवै छिमेकी सुरक्षा एवं कूटनीतिक बढाउनुलाइ महत्वपूर्ण रूपमा हेरिएकाे छ ।

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  ९ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।