बलात्कार अन्त्य गर्नमा कहाँ चुक्यो नेपाली समाज ? - डा. डिला संग्रौला 

बलात्कार अन्त्य गर्नमा कहाँ चुक्यो नेपाली समाज ? - डा. डिला संग्रौला 

  • 1.3K
    SHARES

  • बलात्कार अन्त्य गर्नमा कहाँ चुक्यो नेपाली समाज ? - डा. डिला संग्रौला 

    काठमाडौं । हरेक बर्ष महिला बिरुद्ध हुने हत्या, हिंशा, बलात्कार र अन्यायका घटनालाई अन्त्य गर्न विविध कार्यक्रम र अभियान चलाइएता पनि बलात्कार सम्बन्धि जघन्य अपराधका घटना हरेक बर्ष बढीरहेका छन् । चालू आर्थिक बर्षको ३ महिनामा औसत दैनिक ८ जना महिला बलात्कारको शिकार वा बलात्कारको प्रयासको घटना भएका छन् ।

    महान्यायाधिवक्ता र प्रहरीको तथ्यांकअनुसार गत ३ बर्षमा ३ हजार बालिका बलात्कृत र ७ बर्षको अबधिमा १४ हजार महिला बलात्कृत भएको तथ्यांक सार्बजनिक भएको छ । जाहेरी नदिइएको गाउँ घरमै ढाकछोप गरि दबाइएका घटना त कति छन् कति ।

    images

    महोत्तरी बर्दिबासकी ६ बर्सिया गुलाफ साह खातुन, धनुषाकि १८ बर्सिया युवती, बझाङकि १२ बर्सिया सम्झना कामि लगायतको बलात्कार र हत्याको घटना सार्बजनिक हुनुले पाशबिक प्रबृत्ति झागिदै गएको प्रतीत हुन्छ।

    २ बर्ष बिति सक्दा पनि कञ्चनपुरकी निर्माला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकार र न्यायिक प्रणाली नेपालमा कतिको प्रभावकारी छ भन्ने प्रस्टै हुन्छ । आखिर किन यस्ता घटना दिनानुदिन बढी रहेका छन् ? नेपाली समाज कता गै रहेको छ ? प्रत्यक्ष र परोक्ष रुपमा सत्ताको बागडोर सम्हाल्ने सरकारी सम्यन्त्र र परिवार, समाज र रास्ट्रका हामी टाढाबाठाले गर्नु पर्ने दायित्वमा हामी कतै चुकेका त छैनौं ? हामी सबै सजग बनौं र यस्तो पाशबिक प्रबृत्तिलाई निरुत्साहित पार्न इमान्दारीकासाथ लागौं ।

    डा. डिला संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको बिचार ।

    शनिवार, मंसिर १३ २०७७१२:०९:२०

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै