बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

  • 307
    SHARES

  • बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

    योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा गर्ने गर्छ । मात्रै योगको आसन फरक हुन सक्छ । लकडाउन वा निषेधाज्ञाको समयमा धेरै मान्छे फिट रहन र आफ्नो स्फूर्ति कायम राख्नको लागि योगको सहयोग लिने गर्छन् ।

    विज्ञहरू भन्छन् यदि हामी नियमित रूपमा योग गरिन्छ भने हाम्रो शरीर र दिमागले समेत राहतको महसुस गर्छ । यसैले हरेक दिन स्फूर्तिमय गराउनको लागि नियमित योग गर्नु आवश्यक रहेको जानकारहरू बताउँछन् ।

    images

    घरबाट बस्दाबस्दा आजकल धेरैमा मांसपेशीको दुखाइ र यस्तै अन्य समस्या देख्ने गरिन्छ । उनीहरूका लागि बिहान योग लाभदायक हुन सक्छ । हरेक दिन बिहान गर्ने योगले केवल दिनभरिको लागि शरीरमा स्फूर्ति भर्दैन । रातको समयमा हुने निद्रालाई पनि आनन्ददायक बनाउने गर्छ ।

    योग गुरुहरू हरेक दिन मर्जर्यासन र बिटिलासनमा योग गर्न सुझाव दिन्छन् । यो आसन गाई गोरु जस्ता चौपायाको जस्तो आकारको हुन्छ । यो आसन अनुसार घुँडाबाट मुनिको भागलाई सिधा जमिनमा सुताउने गरिन्छ । घुँडाले जमिनमा टेकेर अगाडि हातले जमिनमा टेक्ने गरिन्छ । यस्तो गर्दा घाँटीदेखि कम्मरसम्मको भाग एउटै तहमा हुन्छ भने हात र घुँडाले जमिनमा छोएको हुन्छ । टाउकोलाई केही माथि उठाएर राख्ने गरिन्छ । यही आसन नै मर्जर्यासन हो ।

    यस्तो आसनमा बसेर बिस्तारै लामो सास लिने र छाड्ने गर्नुहोस् । लामो सास लिएर केही सेकेण्ड कुर्नुहोस् अनि फेरि बिस्तारै सास छाड्नुहोस् । यसले शरीरलाई आराम दिन मद्धत गर्छ । केही बेर आराम गरेर १० पटकसम्म यस्तो आसन दोहो¥याउनुहोस् ।

    यो आसनका फाइदाहरू

    – योगासनको कुनै पनि आसनले दिमाग र शरीर दुवैलाई फाइदा पु¥याउने गर्छ । अफिस होस् या त घरमा लामो समय कुर्सीमा बसेर काम गर्दा घाँटी र ढाड दुख्ने समस्या आउन सक्छ । यो आसनले यस्ता दुखाइलाई कम गर्न मद्धत गर्छ ।

    – यो योगासन विशेषगरी मान्छेको दिमागलाई शान्त बनाउन केन्द्रित हुन्छ । ताकि हामी कामको दबाब लिने, आफ्नो लक्ष्य भेट्ने जस्तो कार्यमा लागिपरेका हुन्छौं । यो योगासनले यस्ता समस्याहरू चिरेर आराम दिने काम गर्छ ।

    – मार्जर्यासन पोज जब लामो समयसम्म गरिन्छ, यसले मेरुदण्डमा हुनसक्ने समस्यालाई नियन्त्रण गर्छ । यो आसन गर्दा ध्यान दिनुपर्ने हुन्छ । यस्तो भयो भने सुधारिएको आसनले कुनै प्रकारको चोटपटक, पीडा आदिलाई रोक्न पनि यसले मद्दत गर्छ ।

    यो आसन दिनको कुनै पनि समयमा गर्न सकिन्छ । तर बिहानको समयमा गरेको योग अरू समयको भन्दा बढी प्रभावकारी हुने गर्छ ।

    शनिवार, भाद्र २७ २०७७०७:२०:३०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै