Logo

अचम्म

सात वर्षदेखि केहि नखाई बाँचेको अनौठो जीव



विश्वमा केहि यस्ता अनौठा जीव पनि छन् जसको विशेषताका बारेमा जानेर जो कोहि आश्चर्यमा पर्ने गर्दछन् ।केहि यस्ता जीव छन् जो कैयौ दिनसम्म केहि नखाई पनि बाच्न सक्दछन् । आज हामी यस्तै एक दुर्लभ जीवका बारेमा चर्चा गर्नेछौ । जो केहि नखाई केहि दिन वा महिना मात्र होइन कैयौं बर्षसम्म जीवित रहन सक्दछ ।

दक्षिण पूर्व यूरोपको देश बोस्निया र हर्जेगोविनामा पाइने सेलामण्डर नामक एक जीव पानी भित्रका गुफामा पाइने गर्दछ । यो जीव करीब ७ बर्षभन्दा बढि समयदेखि आफ्नो ठाँउबाट हल्लिएको समेत छैन । अर्थात ७ बर्षदेखि यो जीव केहि नखाई बाँचिरहेको छ ।

वैज्ञानिकका अनुसार सेलामण्डरको छाला र अविकसित आखाँका कारण यो अन्धो हुन्छ । सायद यहि कारणले पनि यो जीव आफ्नो ठाँउबाट नहल्लिएको हो । जबकी ७ बर्षसम्म एकै स्थानमा नहल्लीकन बस्नु अत्यन्त कष्टकर हुन्छ ।

सेलामण्डर आफ्नो पुरा जीवन पानी भित्रै बिताउने गर्दछ । यसको उमेर १ सय बर्ष हाराहारीको हुने गर्दछ । यो जीव जुन गुफामा बस्दछन् त्यहाँ उनीहरुको भोजन हत्तपत पाइदैन । जसका कारण केहि नखाई पनि सेलामण्डर वर्षाैसम्म जिउँदो रहन सक्दछन् । एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  १० : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।