Logo

आइसीसीले सार्वजनिक गर्यो वरियता, नेपाली क्रिकेट यथास्थानमा



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निकालेको नयाँ वरीयातामा नेपाल यथावत रहेको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयातमा नेपाल एकदिवसीयमा १६ औं र टि–२० मा १५ औं स्थानमा यथावत रहेको छ ।

नेपालले एकदिवसीयमा १८ तथा टि–२० मा १८० रेटिङ प्वइन्ट पाएको छ भने यसअघि नेपालले प्राप्त गरेको उत्कृष्ट वरीयतामा एक दिवसीयमा १४ औं र टि–२० मा ११ औं स्थान छ ।

एकदिवसीयमा १२३ रेटिङ प्वइन्ट पाएको इङ्ल्यान्ड शीर्ष स्थानमा रहेको छ भने भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बङ्गलादेश, श्रिलंका, वेस्ट इन्डिज र अफगानिस्तान क्रमशः दोस्रोदेखि १० औं स्थानमा रहेका छन् । 

त्यस्तै टि–२० मा २७५ रेटिङ प्वइन्ट पाएको अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने इङ्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रिलंका, बङ्गलादेश, अफगानिस्तान र वेस्ट इन्डिज क्रमशः दोस्रोदेखि १० औं स्थानमा रहेका छन् ।

 

प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार  ४ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।