दुई शहरको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक: विद्यासुन्दर शाक्य

दुई शहरको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक: विद्यासुन्दर शाक्य

  • 877
    SHARES

  • दुई शहरको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक: विद्यासुन्दर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन्  ।

    पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा कामपाका प्रमुख शाक्यले काठमाडौँको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन् । सो अवसरमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कामपा जेठो महानगर र सङ्घीय राजधानीको महानगरपालिका भएकाले उसले सबै पालिकाको समस्या समाधानका लागि नेतृत्व गर्नुपर्ने बताए । सङ्घीय व्यवस्थालाई दिगो बनाउन सङ्घीयताको मर्मअनुसारका सङ्घीय कानून निर्माणमा ध्यान दिनुपर्नेमा पनि जोड दिँदै जिसीले भने, “विविध पहिचानसहितका शहरका समानता खोजौँ ।

    images

    अब नगरले आफूले आफ्ना बारेमा मात्र होइन, अन्य नगरको सम्भावनाका विषयमा कुरा गरौँ । यसले नागरिकमा विश्वास जाग्छ ।” तहगत प्रणालीमा प्रदेश र सङ्घ सरकारसँग भन्दा नागरिकका समस्या स्थानीय सरकारसँग नजिक हुने हुँदा स्थानीय सरकारका बीच गहिरो सम्बन्ध र सहकार्य जरुरी रहेको कामापाका उपप्रमुख हरिप्रभा खड्गीले बताए ।

    मंगलवार, मंसिर १६ २०७७१०:३४:५९

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै