यी अंगमा कोठी हुनेको हातमा टिक्दैन पैसा

यी अंगमा कोठी हुनेको हातमा टिक्दैन पैसा

  • 415
    SHARES

  • यी अंगमा कोठी हुनेको हातमा टिक्दैन पैसा

    शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

    समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा बचत नहुने सम्भावना अधिक रहन्छ।

    images

    यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् ।

    तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ । बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो ।

    यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् । हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।

    बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ । (एजेन्सीको सहयोगमा 

    शनिवार, भाद्र २७ २०७७०४:५५:५८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै