Logo
भिडियो

अनिता चलाउने र प्रकाश सपूतको नयाँ गीत ‘फुटेको चुरा’ सार्वजनिक भएसँगै ट्रेन्डिङ २ मा


नेपाल साँगितिक बजारमा लोकप्रिय गायक, सर्जक तथा मोडल प्रकाश सपुत र गायिका अनिता चलाउनेको सहकार्य रहेको गीत” फुटेका चुरा ” बोलको गीत सार्वजनिक भएसँगै ट्रेन्डिङ २ मा रहन सफल भइसकेको छ ।  गीतमा सपुत स्वयंमको शब्द तथा संगीत छ ।

प्रकाश सुपत आफ्नै निर्देशन रहेको भिडियोमा नम्रता श्रेष्ठ रानी, प्रकाश सपुत सिपाहको भूमिकामा छन् । यस्तै बुगी उगी विजेता कविता नेपाल र गायिका चलाउने सँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत छन् ।

नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको छ ।प्रकाश सपुतले बदला बरिलै र अनिता चलाउनेले यस्तो बनोस् मेरो तीज पश्चात् फुटेका चुरा ल्याएका हुन् । नम्रता श्रेष्ठले लामो समय पछि म्युजिक भिडियो खेलेकी हुन् ।