प्रदेश १ मा थप तीन संक्रमितको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

प्रदेश १ मा थप तीन संक्रमितको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

  • 274
    SHARES

  • प्रदेश १ मा थप तीन संक्रमितको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

    विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड १९०को संक्रमणबाट थप तीनको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै, प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

    प्रदेश १ मा शनिबार ९आज० ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको छ । प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् । काली सदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् ।

    योसँगै, प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार २ सय १२ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख ६ हजार ९ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    शनिवार, भाद्र २७ २०७७०५:३६:३९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै