Logo

मधेश प्रदेश

राजविराजमा स्वास्थ्य सामग्री वितरण



सप्तरीको राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ ।

जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार रामलाई आज आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कारागारमा एक आश्रित बालक र १७ महिलासहित ३७० बन्दी रहेका जनाइएको छ । हस्तान्तरण गरिएको सामग्रीमा १० लिटर स्यानेटाइजर, चार कार्टुन मास्क र चालीस पोका सेनेटरी प्याड रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  २ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।