दर्शन पार्टीको समानुपातिक सूचीको १ नं. मा भएका मल्ल कांग्रेसको विभागमा साउदद्वारा मनोनीत

दर्शन पार्टीको समानुपातिक सूचीको १ नं. मा भएका मल्ल कांग्रेसको विभागमा साउदद्वारा मनोनीत

  • 352
    SHARES

  • दर्शन पार्टीको समानुपातिक सूचीको १ नं. मा भएका मल्ल कांग्रेसको विभागमा साउदद्वारा मनोनीत

    नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा मनोनीत हेमन्तबहादुर मल्ल ‘नेपाल दर्शन पार्टी’को समानुपातिक सूचीमा अहिले पनि रहेको रहस्य बाहिर आएको छ । विभागका प्रमुख एनपी साउदले मल्ललाई सदस्यमा मनोनीतका लागि कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष सिफारिस गरेका थिए । साउदकै सिफरिसमा देउवाले विभागको सदस्यमा मल्ललाई केही दिन अगाडि मनोनीत गरेका हुन् ।

    कांग्रेस छाडेर १०–१५ वर्ष अगाडि हिँडेका मल्ल विभागको सदस्यमा मनोनीत भएपछि दाङ कांग्रेसमा लामो समयदेखि काम गरेर बसेका नेता तथा कार्यकर्ताहरू रिसाएका छन् । दाङ कांग्रेसभित्र देउवा समूहभित्रै खैलाबैला भएको छ । ‘नेपाल दर्शन पार्टी’ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा मल्लको नाम १ नम्बरमा छ । नेपाल दर्शन पार्टीले निर्वाचनमा चुनाव चिन्ह ‘भुइँकटर’ पाएको थियो ।

    images

    मल्लले दाङमा नेपाल दर्शन पार्टीका लागि प्रतिनिधि सभाको निर्वाचनमा मत माग्दै हिँडेको कांग्रेसका एकजना जिल्ला नेताले बताए । दाङमा मल्लको क्रियाशील सदस्यताको सूचीमा नामनै छैन ।

    नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले विभागको सदस्यमा हेमन्त मल्ल मनोनीत भएको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘हेमन्त मल्लजी विगतमा कांग्रेस भएको त मलाई थाहा छ । तर, अहिले कांग्रेस हो कि होइन थाहा भएन । मल्लजी विभागको सदस्यमा मनोनीत भएको विषयमा मलाई कुनै जानकारी छैन । जुन दिन जानकारी आउला त्यसै दिन के गर्ने हो भनुँला !’

    विभागको सदस्यमा मनोनीत गर्दा हेमन्त मल्ललाई तपाईले दाङबाट सिफारिस गर्नुभयो होला नि ? भन्ने जिज्ञासामा सभापति खड्काले भने, ‘मलाई कसैले पनि उहाँको बारेमा सोधपुछ गरेन । कसले विभागको सदस्य बनायो थाहा भएन । जसले बनायो त्यसलाई नै सोध्नुस् ।’

    दाङ कांग्रेस हेमन्त मल्लको क्रियाशील सदस्यताको रेकर्ड त होला नि ? भनेर सोधिएको जिज्ञासमा सभापति खड्काले भने, ‘त्यो पनि मलाई थाहा छैन । मैले भनि हाले नि विगतमा उहाँ कांग्रेस भएको थाहा छ । अहिले हो कि होइन थाहा भएन ।’ नेपाली कांग्रेस दाङका सभापति खड्काले केन्द्रबाट जिल्लासँग समन्वयनै नगरी धमाधम माथिल्ला पदहरूमा मनोनीत गर्दा जिल्लामा हामीले कसरी संगठन गर्ने भनेर आक्रोश पोखेका छन् ।

    ‘विभाग वा माथिल्लो तहमा कसैलाई पनि मनोनीत गर्दा जिल्लासँग समन्वय वा सल्लाह नलिएर नियुक्ति दिँदा त्यसले जिल्लामा संगठन गर्न समस्या हुन्छ’, सभापति खड्काले भने, ‘कांग्रेसको केन्द्रीय नेतृत्वले यस विषयमा ध्यान दिनुपर्छ । होइन भने जिल्लाले काम गर्न सकेन भनेर हामीलाई गाली गर्नुको कुनै अर्थ रहँदैन ।’

    कांग्रेस केन्द्रीय सदस्य तथा विभागका प्रमुख साउदले मल्ललाई सदस्यमा मनोनीत गरिएको विषयमा सार्वजनिक रुपमा केही भनेका छैनन् । कांग्रेस छाडेर नेपाल दर्शन पार्टीबाट समानुपातिक सांसदको पहिलो नम्बरमा उम्मेदवार बनेको व्यक्तिलाई साउदले किन विभागको सदस्य मनोनीत गरेका हुन् रहस्य बनेको छ ।

    दाङबाट दीपक गिरी, पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, शिला गौतम खड्का, कृष्णकिशोर घिमिरे कांग्रेसको केन्द्रीय सदस्य छन् । प्रमुख साउदले ती केन्द्रीय सदस्यहरूसँग समेत मल्ललाई सदस्यमा मनोनीत गर्ने विषयमा एक शब्द पनि सोधेका छैनन् ।

    मल्लका विषयमा दाङका सबै केन्द्रीय सदस्यहरूले अनभिज्ञाता प्रकट गरेका छन् । उनीहरूले कांग्रेस छाडेर अर्कै पार्टीमा गइसकेको र क्रियाशील सदस्य समेत नरहेको व्यक्तिलाई विभागमा मनोनीत गर्दा त्यसले के असर गर्छ केन्द्रीय नेतृत्वले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

    हुन त विभागका प्रमुख साउदले बैंकिङ कसुरकाण्डमा थुनिएका विष्णु धिताललाई विभागको उप–प्रमुख जस्तो ठूलो पद दिएका छन् । धिताल तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा करीब डेढ अर्ब घोटाला गरेका थिए ।

    साउदको यो कार्यले सभापति देउवालाई फाइदाभन्दा पनि बेफाइदा भएको छ । देउवाले साउदलाई अत्यन्तै विश्वास गर्छन् । विश्वास गरिएका साउदबाटै यसरी विवादित र कांग्रेसनै नभएको व्यक्तिलाई विभागमा मनोनीत गर्दा कसलाई फाइदा हुन्छ रहस्यको विषय बनेको छ ।

    Hemanta_Bahadur_Malla.jpg

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै