Logo

आजको तस्बिर

मिस युनिभर्स नेपाल २०२० का कारण बितृष्णा पैदा भयो – श्रद्वा सिंह



मिस युनिभर्स नेपाल २०२० नामक प्रतियोगिता संचालन भैरहेको छ। मिस युनिभर्स नेपाल एक समावेशी नेतृत्व प्लेटफर्म हो जुन नेपाली महिलाहरुलाई  सशक्तीकरण गरेर  नेता बनाउन सकिने  विश्वास गर्दछ।नगमा श्रेष्ठ मिस यूनिभर्स नेपाल संस्थाको राष्ट्रिय निर्देशक हुन्। उनी मिस युनिभर्स २०१७ को विजेता हुन्।
 
मिस युनिभर्स नेपाल २०२० अक्टोबर ८ देखी शुरुवात गरिएको थियो। अक्टोबर ८ देखि नोभेम्बर ५ सम्म जम्मा ९७ जनाले प्रतियोगिताको लागि आवेदन दर्ता गरेका थिए। प्रतियोगिताको शुरुवातमा सहभागीहरुलाई भिडियोमा आएको लायकको आधारमा टप फिफ्टि अर्थात ५० जनाको नाम सार्वजनिक गर्ने भनिएको थियो।
 
सहभागीहरुले देश वा विदेशका बिभिन्न ठाँउमा गएर अत्यन्तै कडा मिहेनत गरेर भिडियो बनाएर अपलोड गरेका थिए। उनीहरुको भिडियो लायक गर्न मिस युनिभर्स नेपाल २०२० नामक एप्लिकेसन डाउनलोड गरेर लगइन गर्नुपर्ने हुन्थ्यो।
 
भिडियोको लायकको आधारमा ५० जना चुन्ने भनेको प्रतियोगीतामा फेरि आयोजकले कुरा बदले, आयोजकले ८० प्रतिशत परिचयात्मक भिडियो र २० प्रतिशत भिडियोमा आएको लायकमा  गणना हुने बताए।  यसको पछाडि अन्तिम समयमा प्रवेश गराइएका केहि मोडेललाई मध्यनजर गर्दै छनोट नितीहरुमा बल्दाब आएको थियो।  
 
सबै साथीभाई आफन्त र अन्य चिनेका सुभचिन्तहरुलाई बार बार भनेर हजारौं  लायक बटुलेकाहरुलाई निरुत्साहित गर्ने काम आयोजकले गरेपछि केही प्रतियोगीले प्रतियोगिताबाट बाहिरिने घोषणा गरे।  त्यसको दबाद थेग्न नसकेर फेरी ५० प्रतिशत परिचयात्मक भिडियो र ५० प्रतिशत लायकको गणना गर्ने भनेर नयाँ छनौट निती बनाईयो।
 
यसरी कुनै निश्चित मापदण्ड र बिधि निर्धारण नहुदा कयौ सहभागीहरुले प्रतियोगिता बाट बाहिरिने निर्णय गरेका छन्। भोटिंग गर्न पैसा जम्मा गर्नुपर्ने भएका कारण यो प्रतियोगिता सर्वसाधारण नारीहरु अगाडि बढ्नै नसक्ने गरेर बन्द हुनपुगेको छ।
 
सन् २०२० को जनवरीमा भएको मिस नेपाल युरोपको शीर्ष ५ स्थानमा पर्न सफल श्रद्वा सिंहलाई समेत  मिस युनिभर्स नेपाल २०२० प्रतियोगिताको शीर्ष ५० मा राखिएन।  भिडियोमा धेरै लाईक पाउनेमध्यमा शीर्ष १० स्थानमा रहेतापनि अन्तिम समयमा आएका मोडेललाई अगाडि बढाउन बदलिएको नियमका कारण श्रद्वालाई बाहिर्याइयो।
 
नेपालमा पोखरा घर भएकी २२ वर्षिय श्रद्वा हाल नर्वे्मा बसेर  अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातक गर्दैछिन्। उनले न् २०२० को जनवरीमा भएको मिस नेपाल युरोपको सामाजिक क्षेत्रको  शीर्षकको उपाधि समेत हासिल गरेकी थिइन। श्रद्वा सिंह एनआरएनए नर्वेको महिला सदस्य छिन्।
 
श्रद्वा  सिंहले नेपालको सामाजिक बिकासमा योगदान गर्ने मनसाय बोकेकी छिन्।  नेपाल फर्किएपछि सदियौ देखी असहाय,हेपाह र बिपन्नताका भुमरीमा फसेका नेपाली महिलाहरुलाई सशक्तीकरण गरेर माथि उकास्ने सोच श्रदा संग छ।  उनीले बिभिन्न प्रकारका प्रतियोगिताहरुमा भाग लिएर आफू समाजमा स्थापित हुन चाहिरहेकी छिन्।  ” मेरो कुरालाई समाजले गम्भिरतापूर्वक तब सम्म लिँदैन जबसम्म मलाई अधिकांस मानिसहरुले चिन्दैनन् , पछ्याउदैनन्। ”   श्रद्वाले बताइन।
 
आयोजकहरुको पुजिवादी चिन्तन र कुशासनका कारण श्रधाले मिस युनिभर्स नेपाल २०२०को अवसरलाई सदुपयोग गर्न सकिनन्।  उनलाई अहिले प्याजेन्ट प्रतियोगिता भन्न बित्तिकै बितृष्णा पैदा हुनेगर्छ। “मिस युनिभर्स नेपाल २०२० आयोजकका कारण मेरो मानसपटलमा अत्यन्तै नकरात्मक कुरा बढिरहेको छ , यसरी पैसा हुनेले मात्र भाग लिन पाउने प्रथाका कारण लाखौं नारीहरुको सपना पहिल्यै तुहिनेछन्।” उनले थपिन।  
 
यसरी पहिलोपटक पुर्व मिस नेपाल रहेको संस्थाले गर्न लागेको मिस युनिभर्स नेपाल २०२० प्रतियोगिताले नराम्रो सन्देश दिएको छ।  आगामी दिनहरुमा यस्ता प्रकारका प्रतियोगिताहरु धनि वर्गको मात्र पहुंच हुने संकेत देखिएका छन्।  यस अघिका थुप्रै प्रतियोगिताहरु पनि विवादित बनेका थिए।

प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार  ११ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।