बैंकबाट ऋण लिन पनि हाकिमलाई घुस

एनआईसी एसिया बैंकको गम्भीर लापरवाही, चर्चित कलाकारलाई समेत र्‍याईं र्‍याईं (भिडियो सहित)

एनआईसी एसिया बैंकको गम्भीर लापरवाही, चर्चित कलाकारलाई समेत र्‍याईं र्‍याईं (भिडियो सहित)

  • 6.2K
    SHARES

  • एनआईसी एसिया बैंकको गम्भीर लापरवाही, चर्चित कलाकारलाई समेत र्‍याईं र्‍याईं (भिडियो सहित)

    सर्वसाधारणलाई विभिन्न आकर्षक नारा छर्ने गरेको एनआईसी एसिया बैंकको गम्भीर लापरवाही फेला परेको छ । एक चर्चित कलाकारलाई डेढ महिनासम्म घुमाएर काम नै नगरिदिएको प्रकरणबाट यस्तो लापरवाही खुलेको हो । 

    बैंक पनि साथी पनि र राम्रो  पनि हाम्रो पनि जस्ता आकर्षक स्लोगन राखेको यस बैंकले नायक, निर्माता तथा निर्देशक जयराम बस्नेत (जय किशन) लाई जग्गा बन्धकी राखेर ऋण दिलाउँने आस्वासन दिएर पछि यो र त्यो बहाना बनाउँदै खाली हात बनाई दिएको आरोप स्वयम भुक्तभोगी बस्नेतले लगाएका छन् । नायक बस्नेतका अनुसार बैंकको स्लोगन साथी बनेर नजिकिएको बहाना बनाउँने अनि डस्ने खालको रहेको छ भने उसको व्यवहारले राम्रो र हाम्रो त कुनै पनि हालतमा भन्न मिल्ने खालको छैन । 

    images

    लकडाउन सुरु भएपछि बस्नेत ३० लाख ऋण निकाल्न उक्त बैंकमा पुगेका थिए । बैंकले भने बमोजिमका कागजपत्र पनि उनले बैंकलाई बुझाए । बैंकले जग्गाको मुल्याँकन गर्न भ्यालुएटर पठायो तर सबै भईसके पछि बैंकले कहिले के र कहिले के भन्दै झुलायो । अनमलाइनपाना सम्वादमा बोल्दै नायक जय किशन बस्नेतले बताए अनुसार डेढ महिनासम्म धाउँदा पनि काम नभएपछि उनले आफ्नो फाईल फिर्ता लिन बाध्य भए । 

    उक्त बैंकमा गैर जिम्मेवारी पना पनि यतिसम्म छ कि सम्बन्धित व्यक्तिहरु कसैले पनि फोन उठाउँदैनन् । नत अन्तिममा फाईल फिर्ता लिदा बुझाएको पुरा कागजपत्र नै फिर्ता पाए । नायक बस्नेतले उक्त बैंकमा कारोबार गरेर आफु जस्तै दुख नपाउँन आम सर्वसाधारण व्यक्तिहरुलाई आग्रह गरेका छन् ।

    पुृरा विवरण नायक बस्नेतकै मुखबाट सुनौं :

     

     

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै