Logo

आजको तस्बिर

नायिका स्वस्तिमा खड्काले प्रकाश सुवेदीलाई भनिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’



सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट विभिन्न कारणसहित विवादमा छाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् ।  रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’

प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो राखिएको छ । यसमा स्वस्तिमाले प्रतिक्रिया दिएकी छिन् । आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । रजतपत’

उनले थपेकी छिन्, ‘फोन नउठाएर सारै रिसाउनु भाको रैछ । सरी ल !!!’

1112.JPG

यस्तै स्वस्तिमाका श्रीमान् निश्चल बस्नेतले पनि यसबारे फेसबुकमा स्टेटस लेखेका छन् ।  उनी भन्छन्, ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त !’ 

11.JPG

 

रजतपट कार्यक्रममा प्रस्तोताले नेपाली चलचित्रका अभिनेत्रीहरुलाई लक्षित गर्दै विवादित टिप्पणी गर्ने गरेका छन् ।  यसअघि अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे उनले विवादित बयान दिएका थिए । आफूप्रति गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजाले नेपाल चलचित्र कालकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । चलचित्र सम्बन्धित सात पेशागत संघ संगठनले रजतपटमा सहभागी नहुन चलचित्रकर्मीहरुलाई आग्रहसमेत  गरेको छ । 

 

प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार  १० : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।