Logo

रोजगार

कार्यालय प्रमुखलाई तनाव देखि कर्मचारीलाई कडा झट्कासंम्म



सरकारी कर्मचारीलाई तनाव थपिएको छ । उनीहरुले कोभिड विदा नपाउने भएका छन् । उनीहरु अनिवार्य कार्यालय जानुपर्ने भएको छ । सरकारी कार्यालय फुल फ्लेजमा सञ्चालन हुने भएकाले कर्मचारी अनिवार्य कार्यालय जानुपर्ने भएको हो । कोरोनाको सन्त्रास देखाएर घरको छतमा घाम तापेर बस्ने कर्मचारीलाई गृहमन्त्रालयको यो निर्णयले ठूलै झड्का दिएको बताइन्छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शतप्रतिशत काम सुचारु गर्ने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

‘केही कार्यालयहरूले कम कर्मचारी बोलाएर भए पनि सबै सेवा दिन सक्नुहुन्छ भने त्यसमा कार्यालय प्रमुखहरूले जिम्मेवारी लिने कुरा हो’ उनले भने, ‘कोभिडको बिदा पाइँदैन, कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालन हुन्छ ।’

उनले कोभिडको बिदा नहुने र कार्यालय पूर्ण रुपमा सञ्चालन हुने बताए । सरकारी कार्यालय स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन हुने बताए ।

उनले ‘स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गरेर भए पनि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन हुने बताउँदै कर्मचारीहरूको उपस्थिति सम्बन्धित कार्यालयले भने गर्ने बताए । उनले अहिलेको अवस्थामा सरकारले कोभिडको बिदा नदिने भएकाले सावधानी अपनाएर कार्यालय पूरै सञ्चालन हुने बताए ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  १० : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।