Logo

विचार / ब्लग

कोरोना जितेका कांग्रेस सचिव घिमिरेको अनुभव-आत्मबल बलियो बनाउँदै आफूलाई सम्हाले



म समाजसेवामा रुचि राख्ने मान्छे, तसर्थ समाजसेवा मेरो कर्मथलो हो । समाजसेवाकै क्रममा कोरोना भाईरसबाट संक्रमित हुन पुगे ।

प्रारम्भिक दिनमा मलाई ज्वरोको लक्षण देखियो । खानाको स्वाद हरायो र शरीर आलस्य बनायो । शंका लागेर पिसिआर टेस्ट गराएँ । भदौ १० गते पिसिआर रिपोर्ट पोजिटिभ आयो । सुरुमा म छाँगा बाट खसे जस्तो भएँ । लाग्यो म मृत्यको मुखमा छु । मलाई चिड चिड पसिना आयो, चक्कर लाग्दै गयो तर बिस्तारै आत्मबल बलियो बनाउदै आफुलाई सम्हाले ।

आवश्यक केही सामानको तयारी पश्चात् म अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहर नवलपुर पुगें, मैले सुनेको भन्दा बढी त्यहाँको वातावरण व्यवस्थित र विश्वासयोग्य रहेछ तर मनोवैज्ञानिक त्रास र केही आन्तरिक पीडाले त्यो रात म निदाउन सकिन । शुभचिन्तक र साथीहरुको निरन्तर फोन, म्यासेज आईरहयो तरपनि रेस्पोन्स गर्न सकिन ।

संक्रमित साथीहरु सँगको १५ दिन लामो बसाईबाट पेट दुख्ने, शरीर दुख्ने, टाउको भारी हुने, आँखाका गेडाहरु दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने पनि यसका लक्षण रहेछन भन्ने पत्ता लाग्यो ।

अस्पताल पुगेको भोलिपल्टबाट नाक बन्द हुने, श्वासप्रश्वासको समस्या , खोकीको समस्या एकैपटक म मा थपियो । मलाई निकै असहज बनायो । तर पनि आत्मबल कम्जोर हुन दिईन, प्राकृतिक चिकित्सालयमा रहनु भएका चिकित्सकहरुको सुझावलाई निरंतरता दिए जुन संक्रमितहरुले आफुलाई सुरक्षीत राख्न र स्वस्थ्य नागरिकले आफुलाई संक्रमण बाट बचाउन उपयोगी हुन सक्छ्न । जुन यस प्रकार रहेका छ्न ।

  • बिहान ५ बजे उठने, नित्यकर्म गर्ने,
  • नुनपानीले मुख कुल्ला गर्ने, एक गिलास तातो पानी पिउने
  • एक गिलास मनतातो पानीमा मह र कागतीको रस राखेर पिउने ,जलनेती गर्ने र तुलसीको बाफ लिने
  • योग र प्रणायाम गर्ने
  • एक गिलास मनतातो गुर्जो पानी पिउने
  • बिहानको खाना पछि एक गिलास मनतातो दुधमा अश्वगन्धा (शक्तिवर्दक आयुर्वेदिक औषधि) सेवन गर्ने
  • कम्तीमा दिनको ४/५ पटक नुनपानीले मुख कुल्ला गर्ने
  • दिनको ३/४ पटक तुलसी पानीको बाफ लिने
  • बेलुकाको खाना पछि एक गिलास मनतातो दुधमा एक चम्चा बेसार घोलेर पिउने
  • राती सुत्नु अघि मुख कुल्ला गर्ने, बाफ लिने र आराम गर्ने
  • खानामा अदुवा, लसुन, खुर्सानी, मरिच, दालचिनी, टिमुर, पतिना, आलस, तिल, सलाद आदिको विशेष प्रयोग गर्ने
  • व्यक्तिगत सरसफाइमा विषेश ध्यान दिने
  • चिकित्सकको सल्लाहमा ज्वरो, खोकी, पखाला जस्ता लक्षणहरु नियन्त्रण गर्न आवश्यक औषधि सेवन गर्ने
  • तनाव र चिन्ता मुक्त रहन रुचि अनुसारका पुस्तक पढने, नाच्ने, गाउने, चुटकिला सुन्ने सुनाउने,मनोरञ्जनात्मक भिडियोहरु हेर्ने तर डर लाग्ने आत्तिने खालका भिडियोहरु नहेर्ने

यस बीच झन्डै १५० जना संक्रमित साथीहरु सँगको १५ दिनको बसाईका क्रममा संक्रमण पछि भोग्नु परेका थुप्रै सामाजिक समस्या, अपमान , घृणात्मक व्यवहारले निम्ताएको रोदन सुन्नु पर्यो । खासगरी डेरामा बस्नेहरुलाई कोठा खाली गर्न लगाउने , परिवारलाई मनोवैज्ञानिक त्रास दिने, घेराबन्दीमा राख्ने, ठुलै सामाजिक अपराध गरे सरह व्यवहार गर्दै अपमान गरेको जस्ता घटना र व्यवहारहरु सुनियो ।

अत: मानिसहरु अहिलेको समाजमा कोरोनाको त्रास भन्दापनि सामाजिक व्यवहार र मनोवैज्ञानिक त्रासले आक्रान्त छ्न । पिसिआर टेस्ट गर्न डराईरहेका छ्न यसले झनै ठूलो भयावह निम्त्याउने सम्भावना छ ।

यो एउटा विश्वव्यापी महामारीको प्रभाव हो । भोलिका दिनमा जो कोहिपनि यसबाट प्रभावित हुन सक्छ । यदि म र मेरो परिवारमा यो संक्रमण देखियो भने समाजबाट मैले कस्तो व्यवहारको अपेक्षा राख्छु होला ? एक पटक फर्केर सोच्नु आवश्यक छ । तसर्थ संक्रमितलाई हतोत्साहित , निरुत्साहित बनाउने, घृणा गर्ने होईन कि माया र सद्भाव देखाउँ । सम्मानपुर्ण व्यवहार गरौं । मनोबल उच्च राख्न प्रेरित गरौं । के थाह उ संक्रमण मुक्त भएर फर्किए पछि भोलि उसैले  दिएको रगतबाट प्लाजमा निकालेर थेरापी गरेर तपाईंको जीवन रक्षा गर्नु पर्ने दिन पो आउँछ कि ?

अबका दिनहरुमा संक्रमणमुक्त साथीहरुको सहयोग समूह गठन गरि यसको संक्रमणबाट जीवनरक्षाको याचना गरिरहेका गम्भीर बिरामीहरुको लागी प्लाज्मा थेरापी मार्फत उपचार गर्नका लागि रक्तदान गर्ने, होम आईसोलेसनमा रहनु भएका साथीहरुलाई निशुल्क परामर्श गर्ने योजना छ ।

corona.jpg

अन्त्यमा, होशियार र सजगताले आफू, आफ्नो परिवार र सिङ्गो समाजलाई सुरक्षित राख्न सकिन्छ भन्ने मेरो विश्वास छ । तसर्थ विषम परिस्थिति रहुन्जेल अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कौं । सामाजिक तथा भौतिक दुरि कायम राखी काम गरौं । बाहिरबाट आए पछि साबुन पानीले हात धुने र मनतातो पानीले मुख कुल्ला गरौं । खानपान, बसाइ र व्यक्तिगत सरसफाइमा विषेश ध्यान दिने गरौं । मेडिकल माक्सको प्रयोग गरौं । यदि संक्रमण भईहाल्यो आत्मबल बलियो बनाएर भने उल्लेखित व्यवहारहरुको अनुसरण गरौं ।आफू पनि बचौं र अरुलाई पनि बचाऔं । संक्रमण भएर प्राकृतिक चिकित्सालयमा रहदां उपचारमा खटिनु हुने सम्पुर्ण चिकित्सक स्वास्थ्यकर्मी अस्पताल व्यवस्थापन सबैलाई विषेश आभार व्यक्त गर्दछु । मलाई आफ्नो अनुभव संप्रेसण गर्न विषेश अभिप्रेरित गर्नुहुने नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्व माननीय धनराज गुरुङ लगाएत सबैमा हार्दिक आभार व्यक्त गर्द्छु ।

 लेखक:- नेपाली काङ्ग्रेस नवलपुरका सचीव हुन ।

 

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।