पहिरोमा परि श्रीमान सहित पुरै सन्तान गुमाएकि पान्कालाई कांग्रेस नेताको सहयोग

पहिरोमा परि श्रीमान सहित पुरै सन्तान गुमाएकि पान्कालाई कांग्रेस नेताको सहयोग

  • 448
    SHARES

  • पहिरोमा परि श्रीमान सहित पुरै सन्तान गुमाएकि पान्कालाई कांग्रेस नेताको सहयोग

     नेपाली कांग्रेस कालिकोटले जिल्लाको पहिरोमा पुरै सन्तान गुमाएकी शुभकालिका गाँउपालिका वडा नं ७ निवासी पहिरो पीडित पान्का शाहीलाई सहयोग गरेको छ ।

    नेपाली कांग्रेस कालिकोटले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारहरुलाई सहयोग गर्ने अभियान अन्तरगत मंगलबार जिल्लाको शुभकालिका गाँउपालिका वडा नं- ७ की पान्का शाहीलाई नगद दश हजार सहयोग गरेको हो ।

    images

    यही भदौ १४ गते बिहान जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ नाग्मा बजारमा पहिरोमा परी पान्का शाहीका श्रीमान सहित दुई छोरा र एक छोरीको मृत्यू भएको थियो । उनको परिवार व्यपार व्यवसायको शिलशिलामा नाग्मा बजार बस्दै आएको थियो । उनलाई मंगलबार , गत निर्बाचनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा महासमिति सदस्य भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालिकोटका पाटी सभापती हर्षबहादुर बम, महासमिति सदस्य मोतिराज बम, कांग्रेस नेताहरु शंकरप्रसाद उपाध्याय, दमन शाही, मीनबहादुर कोगटी, नगेन्द्र बिष्ट, तारा शाहा, भानुभक्त संज्याल, मनराज शाही लगायतका नेताहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा नेताहरुले जनताको सुख दुखमा साथ दिन नेपाली कांग्रेसले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारलाई सहयोग गर्ने अभियान थालेको बताए । कांग्रेस युवा नेता भुपेन्द्रजंग शाही र केही बिदेशमा रहेका युवाहरुको सहयोगमा हालसम्म जिल्लाका ३२ जना मृतकका परिवारजनहरुलाई सहयोग गरिएको छ ।

    कोरोनाको कहरमा नागरिकहरुलाई बाढी र पहिरोले ठुलो क्षेती बनाएको भन्दै कांग्रेसले गाँउ गाँउमा नागरिकको सुख दुखमा साथ दिन नेता तथा कार्यकर्ताहरुलाई परिचालन गरेको छ । बिपतमा नागरिकलाई साथ दिने र पाटीको संगठन बिस्तार अभियान पनि जारी राख्ने कांग्रेसले जनाएको छ ।

    मंगलवार, भाद्र ३० २०७७०१:३५:५५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै