ग्राहक लुट्ने हरेक तरिका

एनआईसी एसिया बैंकमा खाता छ ? बिचार गर्नुस् थाहै नपाई रकम गायब होला

एनआईसी एसिया बैंकमा खाता छ ? बिचार गर्नुस् थाहै नपाई रकम गायब होला

  • मंगलवार, भाद्र ३० २०७७

  • काठमाडौँ

  • 16.5K
    SHARES

  • एनआईसी एसिया बैंकमा खाता छ ? बिचार गर्नुस् थाहै नपाई रकम गायब होला

    टेलिफोन सेवा प्रदायकहरुले नजानिदो तरिकाले पैसा कटाउँने गरेका गुनासाहरु त बेला बेलामा सुनिने गरेकै हो तर अब बैंकले समेत ग्राहकको खाताबाट रकम गायव गर्ने गरेको समाचार आएको छ । आफूलाई अब्बल दावी गर्ने एनआईसी एसिया बैंकले ग्राहकको खाताबाट रकम गायव गर्ने गरेको रहस्य बाहिरिएको हो । 

    देशका हरेक कुना कुनामा शाखा विस्तार गरेर ग्राहकको मन जितेको जिकिर यस बैंकले गर्ने गर्छ । उसले आफूलाई ग्राहकसम्म जोड्न स्लोगन पनि आकर्षक नै बनाएको छ । बैंक पनि साथी पनि र राम्रो पनि हाम्रो पनि । तर यही स्लोगनले ग्राहकहरु ठगि रहेको छ । हामीलाई प्राप्त प्रमाण हेर्दा बैंकले ग्राहक ठग्ने योजनामा नै उक्त स्लोगन रचेको हो । 

    images

    हाल धेरै ग्राहकहरुलाई आक्रोशित बनाई रहेको यस बैंकमा जम्मा गरेपछि खातामा आफसेआफ रकम घट्ने गरेको छ । हरेक नागरीकहरुलाई आफ्नो सम्पत्ति के वापत कुन कुरा वा प्रयोजनमा खर्च भयो भन्ने कुरा बुझ्ने अधिकार छ तर यस बैंकले सामान्य जानकारी समेत नदिई रकम कटाई दिन्छ ।

    यसको एउटा उदाहरण दिनु पर्दा ५४८७०३७७२२१५२४०१ खाता नम्बर भएका ग्राहकले उक्त बैंकमा रहेको आफ्नो खातामा २० हजार रुपैंयाँ जम्मा गर्छन् । उनले एटिएमबाट केही रकम निकाल्छन् तर बैंकमा आफ्नो सञ्चित रकम र निकालेको रकम हिसाब गर्दा मिल्दैन । सञ्चित रकम जति हुनु पर्ने हो खातामा त्यो रकम नै हुँदैन । नत बैंकबाट यस्तो प्रयोजनमा रकम कटाइएको भनेर आधिकारिक जवाफ नै आउँछ । 

    उक्त नम्बरको खाता खोलेका व्यक्ति अरुबेला पनि रकम कटाइएको हुन सक्ने बताउँछन् । लकडाउनको समय भएकोले एटिएम मात्र प्रयोग गर्दा रकम कटाइएको पाएँ तर अरुबेला पनि रकम कटाएको हुनु पर्छ । यस्ता अरु पनि खाता नम्बरहरु हामीलाई उपलब्ध भएका छन् । जुन खाता नम्बरहरुबाट ग्राहकलाई थाहै नदिई रकम कटाईएको छ । 

    यस बारेमा बुझ्न बैंकका प्रमुख व्यापार अधिकृत अर्जुनराज खनियालाई फोन गर्दा यस बैंकमा कहि कतैं यस्तो नहुने बताए । अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको माध्यमबाट चल्ने गरेको हुनाले ग्राहकको खातामा गडबडी नहुने दाबी खनियाको छ । 

    विभिन्न बहानामा बैंकलाई गाली गर्नेहरुले अफवाह फैलाएको आरोप लगाउँदै खनियाले आफ्नो बैंकको मुक्त कण्ठले प्रशंसा गर्नेहरु पनि धेरै रहेको बताए ।

    याे पनि

    एनआईसी एसिया बैंकको गम्भीर लापरवाही, चर्चित कलाकारलाई समेत र्‍याईं र्‍याईं (भिडियो सहित)

    images
    मंगलवार, भाद्र ३० २०७७०७:१२:२३
    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    images
    ताजा अपडेट