नेकपामा दोहोरी : हामी पो वैधानिक

नेकपामा दोहोरी : हामी पो वैधानिक

  • 1.3K
    SHARES

  • नेकपामा दोहोरी :  हामी पो वैधानिक

    अन्ततस् नेपाल कम्युनिष्ट पार्टी नेकपा दुइ चिरा वनेको छ । पूर्वएमाले र माओवादी मिलेर गठन भएको नेकपाको एकीकरण प्रकृया समाप्त नहुदै व्यक्तिगत स्वार्थ र दम्भका कारण गुट उपगुटमा वाडिदै, आक्षेप आरोप लगाउदै अन्तत दुइ चिरा वनेको हो । पार्टी एकीकरण पछि जनतावाट सुरीक्षत जनमत प्राप्त गरेको यो दलमा जनताको स्वार्थ भन्दा सत्ता मोह तथा दुई तिहाइको दम्भले प्रशय पाउँदा को भन्दा को कम हुदै समप्तिको दिशामा पुगेको छ । असहयोग, अविश्वासको प्रस्ताव, हुदै संसद विघटनको सम्म आइपुग्दा औपचारिक रुपमा यो पार्टी दुई चिरा वनेको हो ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुप्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समुहमा विभाजित वनेको यो पार्टी दुई समुहको आ-आफ्नो भेला र समुहगत निर्णय गर्दै औपचारिक रुपमै छुट्टिएका छन्  । मंगलवार  मात्रै दुवै समुहले केन्द्रीय समितिको भेला गरेको भन्दै एकले अर्कोलाई निस्काशन गरे ।

    images

    ओली समुहको नेकपाले पार्टी पुर्नगठन तथा महाधिवेशनको मिति समेत तोकेर निर्वाचन आयोगमा वुझाएको छ भने,अर्को समुहले पार्टी अध्यक्ष केपि ओलीलाई नै कारवाही गरेको वताएको छ । संसद विघटनको मुद्धा सर्वोच्च अदालत पुगिसकेको छ । यसले आफ्नो फैसला सुनाउला, त्यस अनुरुप संसदको विघटन वा पूर्नस्थापनाको फैसला होला । दुइ चार दिन भने नेकपा भित्र रमाइलो दोहोरी चल्नेछ, हामी पो वैधानिक ।

    वालुवाटारमा मंगलवार सम्पन्न ओली समूहका नव नियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले भने 'पार्टी अध्यक्ष,महासचिव तथा वैठक पुस्तिका हामीसंग छ । हामी पो वैधानिक।

    दाहाल - नेपाल समुहले काठमाडौ वानेश्वरको कार्की पाटी प्यालेसमा केन्द्रिय समितिको वैठक गरेर भन्यो : केन्द्रीय समितिको सदस्य मध्ये ३ सय वढी सदश्य हामीसंग छन्, त्यसैले हामी पो वैधानिक ।

    जे होस नेकपाको यो दोहोरीमा मुलुक झुमेकै छ ।

    मंगलवार, पौष ७ २०७७०५:१३:२७

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै