सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

  • 1.3K
    SHARES

  • सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

    ललितपुर, सिरहा र बर्दिया जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

    ललितपुर, ललितपुर महानगरपालिका-३ धोविघाटस्थित सडकमा प्रदेश ३-०२-२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार राति पैदलयात्री काभ्रे घर भई हाल सोही महानगरपालिका-३ धोबीघाट बस्ने २७ वर्षीय गोपिकृष्ण खनालको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    images

    सिरहा, सिरहा नगरपालिका-२ डोमाखातास्थित सडकमा  ना.१ज ३९३ नम्बरको म्याजिकले बीआर ३२ जेड ३३७० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१६ माडर बस्ने ४० वर्षीय राजु यादवको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    बर्दिया, राजापुर नगरपालिका-४ शान्तिपुरगाँउमा भे.९ प ३५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ जोगीपुर बस्ने २६ वर्षीय दिपेन थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    बुधवार, पौष ८ २०७७१२:१०:५२

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै