एसिड पीडितहरुको आजीवन उपचार खर्च सरकारले बेहोर्ने

एसिड पीडितहरुको आजीवन उपचार खर्च सरकारले बेहोर्ने

  • 250
    SHARES

  • एसिड पीडितहरुको आजीवन उपचार खर्च  सरकारले बेहोर्ने

    एसिड आक्रमण पीडितको उपचार र जीवनभरि चाहिने औषधिको खर्च सरकारले व्यहोर्ने भएको छ। सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धी विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

    images

    बैठकले एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव हुने अस्पतालमा उपचार गराउने र थप उपचारका प्राथिमकताका साथ रिफर गर्नुपर्ने निर्णय गरेको छ।

    यस्तै, प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमणविरुद्धको जागरण दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    बुधवार, भाद्र ३१ २०७७०७:३८:३६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै