भ्याट तिर्न के को आपत्ति, उपभोक्ताले दिएको पैसा दिनुस् न ! –मन्त्री भट्ट

भ्याट तिर्न के को आपत्ति, उपभोक्ताले दिएको पैसा दिनुस् न ! –मन्त्री भट्ट

  • 463
    SHARES

  • भ्याट तिर्न के को आपत्ति, उपभोक्ताले दिएको पैसा दिनुस् न ! –मन्त्री भट्ट

    बारम्बार नीजि क्षेत्रलाई ज्वाईको संज्ञा दिने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री  लेखराज भट्टले कोरोनाको चपेटामा परेको बेला व्यावसायीलाई हौसला प्रदान गर्न भने सकेका छैनन् । सरकारले व्यावसायीलाई समयमै कर तिर्न ताकेता गरिरह्यो यता व्यावसायीले समय थप गर्न माग गरे । तर बारम्बार ज्वाई भनेर संज्ञा दिने मन्त्री भट्टले यो समयमा भने व्यावसायीको पक्षमा बोलेनन् । उनले राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरुसँगको छलफलमा कोरोनाको कहरबाट आम जनजीवनलाई कसरी सहज बनाउने ? आर्थिक गतिबिधीलाई कसरी चुस्तदुरुस्त राख्ने र अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषय नै यतिबेला सरकारको सबै भन्दा प्राथमिकतामा रहेको बताउँदै कर तोकिएको समयमै तिर्नुपर्नेमा जोड दिए । 

    उनले भने ‘परिस्थिति यस्तो बनेको छ की यतिबेला जीवनमुखी हुने की स्वतन्त्रतामुखी हुने भन्ने प्रश्न पनि हाम्रा बिच उब्जिएको छ । पहिला त जीवन बचाउने काम गर्नुपर्छ । फेरी अर्को कोण आउँछ की जीवनमै समस्या आउने हुन् । त्यहि जीवन जोगाउन आइसीयुको व्यवस्थापन गरिनु परेको हो । त्यसकारण हामीले अलि नयाँ ढंगले सोच्नुपर्ने समय भएको छ ।’

    images

    हाम्रो उदेश्य उद्योग, व्यवसाय, कृषि सबैलाई सहज ढंगले सञ्चालन हुने वातावरण बनाउने नै हो । जहाँ जहाँ समस्या छन्, त्यहाँ त्यहाँ समाधान गर्दै जाने पनि हो । समस्याहरुको गाँठो फुकाउँदै जाने हो, त्यसको समाधान पनि खोज्दै जाने हो ।  अहिलेसम्म मुलुकको २५ प्रतिशत व्यापार प्रभावित भैसकेको छ । मैले यहि कुरा सीसीएमसीमा पनि राखिसकेको छु । उनले भने । 

    फेरी म्याद(डेट एक्सपायर) सकिएको धेरै वस्तुहरु यतिबेला गोदाममा छन् । ति वस्तुहरुलाई अब निकाल्नु पर्यो । व्यवसायीहरुले म्याद सकिएका वस्तुहरु अलग गर्नुपर्छ । व्यवसायीहरुले आफ्नो व्यवसायीकता पनि देखाउनुपर्छ । म्याद सकिएका समानहरुको सूचि तयार पारेर क्षतिको तथ्यांक निकाल्नुपर्छ । त्यसका आधारमा व्यवसायीलाई कति नोक्सानी भएको हो ? समग्रमा राष्ट्रलाई कति नोक्सानी भएको हो भन्ने एकिन हुन्छ । 

    उनले तथ्यांक विना नदेखाई सरकारलाई यति क्षति भयो भनेर मात्रै नहुने र व्यावसायीले भनेकै भरमा त कति क्षति भयो भनेर आँकलन गर्न मुस्किल हुने बताए । उनले भने ‘यतिबेला हामी लघु, घरेलु तथा साना उद्योगीहरुको स्थिति के हो भनेर अध्ययन गर्दैछौं । ति उद्योगीहरुलाई कहाँनेर सहयोग गर्नुपर्ने हो ? भनेर पनि हेर्दैछौं । फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार मजदुरहरुको अवस्था के छ ? सटर लिएर व्यवसाय गर्नेहरुको अवस्था के छ ? भनेर पनि अध्ययन गरिरहेका छौं । हामी साना साना कुराहरुबाट अध्ययन थालेर सम्बन्धीत निकायहरुसँग समन्वय गरेर राहत र सहुलियत दिनेबारे अध्ययन गरिरहेका छौं । अध्ययन नै नगरि सहुलियत देऊ भनेर कसैले भन्न सक्दैन् । व्यवसायीको क्षति कति हो ? खोजेको के हो ? त्यति कुरा पनि नबुझि सहयोग गर्नुपर्यो भन्न त सकिन्न नी । त्यस्तो बेलामा समस्या आउँछ, के दिने कति दिने ?’

    करका विषयमा अहिलेसम्म राज्य बोलेको छैन् उनले भने । उनी यत्तिकैमा जर्किदै भने ‘भ्याट तिर्न त के को आपत्ति हो ? उपभोक्ताले दिएको पैसा बुझाईदेऊ भनेका हौं । तपाईँहरुले माग्ने पनि राज्यसँग अनि राज्यलाई दिनुपर्ने कर चाँही नदिएपछि राज्यले कहाँबाट ल्याएर दिने हो र ? राज्यले दिने श्रोत के हो भनिदिनु पर्यो नी । अहिले करका विषयमा छलफल भैरहेको छ । भ्याट त उपभोक्ताले जम्मा गरेको पैसा हो, त्यो त बुझाईदिनु परो नी ।’  

    बुधवार, भाद्र ३१ २०७७११:१०:५८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै