कुलमानको पक्षमा काठमाडौंमा जुलुस प्रदर्शन 

कुलमानको पक्षमा काठमाडौंमा जुलुस प्रदर्शन 

  • 214
    SHARES

  • कुलमानको पक्षमा काठमाडौंमा जुलुस प्रदर्शन 

    नेपाल विधुत प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा काठमाडौंमा जुलुस प्रर्दशन भएको छ ।बुधबार विहान घिसिङको समर्थनमा  काठमाडौंको जोरपाटीमा जुलुस प्रदर्शन गरिएको हो । योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै जुलुस प्रदर्शन गरिएको हो ।


    प्रदर्शनमा सहभागीहरुले कुलमान जतिको योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

    images

    नेपाललाई लोडसेडिङ मुक्त गराएका घिसिङ भदौ २८ गतेवाट पदमुक्त भएका हुन् । उनको मंगलबार विद्युत प्राधिकरणले विदाइ गरेको थियो ।

    २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

     

    बुधवार, भाद्र ३१ २०७७१२:००:२७

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै