Logo
भिडियो

भिमसेनले गराए “शीत सँग”मा कैलाश र सफियाको रोमान्स (भिडियो सहित)


भिमसेन तामाङ लामा चर्चित गायक हुन् । करीब तीन दर्जन जति गीत गाउँदै गर्दा उनी चलचित्रमा खलनायक खेल्न थाले । जसले गर्दा गायनमा उनी ओझेलिएको महसुश उनका प्रशंसकले गरेका थिए । दुई दर्जन जति चलचित्रहरुका विभिन्न भूमिकाहरुमा कुशलतापूर्वक अभिनय गरेका लामा अभिनय र गायनमा मात्र सक्रिय छैनन् अब उनले निर्देशनमा समेत हात हालेका छन् । उनको निर्देशनमा “शीत सँग” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भकारी एमडिसीको उपस्थिमा भनिएको उक्त गीतमा बसन्त बित्यासी थापाको शब्द र अष्ट लामाको संगीत तथा एरेञ्ज रहेको छ भने लक्ष्मण के.सी.को स्वर सुन्न सकिन्छ । कैलाश भण्डारी र सफिया चाम्लिङले मुख्य भूमिका निर्वाह गरेको गीतको भिडियोमा राम बहादुर पौडेल, आभुषण कार्की, माधव प्रसाद घिमिरे र रामचन्द्र गुरागाईं आदिको पनि अभिनय रहेको छ ।

सर्मिला सुनुवारको श्रृङ्गार रहेको भिडियोको छायाँकन तथा सम्पादन दिपेन बस्न्यातले गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :