कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

  • 154
    SHARES

  • कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

     संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० लाई पनि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आउनुभएको छ ।

    मंगलबार उहाँले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस ९कोभिड १९० को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताउनुभएको छ । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताउनुभएको छ ।विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पु¥याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

    images

    कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बतानुभयो । उहाँले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उहाँले सहयोगका लागि यो अपिल गर्नुभएको हो ।रासस 

    बुधवार, भाद्र ३१ २०७७१२:५१:१०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै